• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

बागलुङकी ६५ वर्षीया महिलाले पनि कोरोनालाई जिते , तर केही दिन क्वारेन्टाइनमा बस्न चिकित्सकको सुझाव


सुभाय् संवाददाताApril 19, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाग्लुङ/ बाग्लुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षीया महिला कोरोना जितेर डिस्चार्ज भएकी छन्।दुई पटक परिक्षण गर्दा पनि कोरोना नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज गरिए पनि उनलाई होम क्वारेन्टाइनमा बस्न चिकित्सकले भनेका छन् ।

उनी १५/१६ वर्ष अघिदेखि दम र प्रेसरको विरामी थिइन्। वृद्ध आमाले १८ दिनमा कोरोना जितेर घर फर्किन्छिन् भनेर धेरैलाई लागेकै थिएन। तर, कोरोनाबाट आंतकति देश दुनियाँलाई बृद्धावस्थामा पनि उच्च मनोबल भए सहजै जित्न सकिन्छ भन्ने सन्देश दिएर उनी घर फर्किएका छन्।
चैत १७ गते कोरोना संक्रमण पुष्टि भए पछि होम क्वारेन्टिनमा बसेकी पौडेललाई धौलागिरी अञ्चल अस्पताल ल्याइएको थियो। अस्पतालको आइसोलेसन वार्डमा उपचारत रहे पनि उनमा कोरोनाको यतिका दिनसम्म कुनै आभाष देखिएन।
‘कोरोना रोगको भन्दा पनि आइसोलेसनमा एक्लै भएकाले दिन कटाउन गाह्रो भो,’ उनले भनिन् ‘परिस्थिति खराब भए पनि मनस्थिति बलियो बनाए कोरोनालाई जित्न सकिने रहेछ।’
आइसोलेसनमा उपचारका क्रममा केहि दिन बसे पछि प्रेसर केही बढेकाले औषधि चलाइएको थियो। बीचमा दात र कान दुख्ने समस्या देखिए पनि अहिले सबै ठिकठाक रहेको उनले सुनाइन्।
कोरोना लागेर विभिन्न देशमा दैनिक मान्छे मरिरहेको एफएम रेडियो, परिवार र आफन्तबाट जानकारी हुँदा मनमा केही डर उत्पन्न भए पनि मर्छु भन्ने कहिल्यै नलागेको उनको भनाइ छ। ‘किनकिन मलाई केही हुँदैन भन्ने लाग्थ्यो, यसलाई जितेरै छोड्छु भन्ने सोच आउँथ्यो’, उनी भन्छिन् ‘यदि कोरोना लागेको छ भने मन बलियो बनाउनुस्, खानपानमा ख्याल गर्नुस्, तातोपानी बढी पिउनुस्।’ कोरोनासँग लड्न उच्च मनोबलसहित दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउने गरेको उनको अनुभव छ।
आइसोलेसनमा रहँदा दैनिक बिहान, बेलुका दूध पिउने, नियमित खाना, खाजा खाने गरेको उनको भनाइ छ। खाना, खाजाको व्यवस्था धौलागिरी अस्पतालले निशुल्क उपलब्ध गराएको थियो। खाना, खाजा लिएर नर्स आउने, अवस्था सोधपुछ गर्नु नियमित दैनिकी थियो।
चिकित्सकहरु भने बेलाबेला आउने र धेरै फोन गरेर सञ्चो बिसञ्चो सोध्ने गरेको उनको भनाइ छ। आफू ठिक भएर घर जाने भए पछि उत्साहित बनेकी उनले कोरोना लाग्यो भनेर सबै टाढिदा पनि साथ दिने स्वास्थ्यकर्मी, चिकित्सक आफ्ना लागि भगवान बनेर सेवा गरेको बताउँछिन्।
गत चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै बागलुङ आएकी उनलाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो। उनी भन्दा अघि जिल्लामा पहिलो र नेपालमा पाँचौ संक्रमण देखिएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया युवती भने अझै निको भएकी छैनन्। यसले बरु मनमा पिरलो थपिएको उनको भनाइ छ।
‘बेल्जियमदेखि काठमाडौं, पोखरा हुँदै बागलुङसम्मै हामीसँगै आएका हौं , उनी त झन् तरुनी। छिटो निको होला भन्ने सोचेकी थिएँ,’ उनले भनिन्,‘तर अहिलेसम्म अवस्था सामान्य भए पनि निको हुने संकेत नदेखिएको सुन्दा दुःख लागेको छ, ती नानी पनि निको भए म अझ बढी खुशी हुने थिएँ।’ एकै अस्पतालमा उपचाररत १९ वर्षीया युवतीको चौथो स्वाब परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ। ६५ वर्षीया महिलाको भने पहिलो र दोस्रो पोजिटिभ आए पनि तेस्रो र चौथो रिपोर्ट भने नेगेटिभ आएको थियो।
धौलागिरी अञ्चल अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ बर्षीया महिला निको भएपछि स्वास्थ्यकर्मी पनि उत्साहित देखिएका छन्। कोरोनाको चौतर्फी सन्त्रास र भय बढिरहेका बेला जिल्लामा कोरोना संक्रमित देखिन साथ अस्पतालमा ल्याउन र उपचार गर्न कठिन मानेका चिकित्सक र स्वास्थ्यकर्मी अहिले उत्साहित देखिएका हुन्।
निकै जोखिम मोलेर उपचार सेवामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी वृद्धा आमा निको भएको सूचनापछि कार्यक्षेत्रमा थप उत्साहित बनेर लागेको धौलागिरी अञ्चल अस्पतालका प्रमुख डा.शैलेन्द्र बि पोखरेलले बताए।
दम र प्रेसरको समस्या भए पनि ६५ वर्षीया महिलाले उच्च मनोबल र खानपानका कारण कोरोनालाई सजिलै जितेर घर फर्किन लागेको डा.पोखरेलले बताए। अस्पतालबाट डिस्चार्ज गरिए पनि उनलाई केही समय घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको अस्पतालले जनाएको छ।

साभार

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • भोलिदेखि सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा सुरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑