• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

काठमाडौं महानगरद्वारा आज ४६४ जनाको आर्डी टेस्ट, सबैको रिपोर्ट नेगेटिभ


सुभाय् संवाददाताApril 18, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / विदेशबाट फर्केर आई काठमाडौं महानगर पालिकाभित्र बसोबास गर्दै आएकाहरुको कोरोना टेष्ट गर्ने गरि काठमाडौं महानगरपालिकाले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटि) शुरु गरेको छ । यसक्रममा  शनिबार बसन्तपुरमा महानगर पालिका अन्तर्गतका आठ वटा वडामा बस्दै आएकाहरुको टेष्ट गरिएको छ ।  महानगरका १८, १९, २०, २१, २२, २३, २४ र २७ का ४६४ जनाको टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
महानगरका १८ वडाका वडा अध्यक्ष न्हुछेकाजी महर्जनले चैत १ गतेदेखि बिदेशबाट फर्केका ब्यक्तिहरु, लकडाउन अवधिमा राहत बितरण गर्दा विभिन्न व्यक्तिहरुको सम्पर्कमा रहेका स्थानीय जनप्रतिनिधि, सुरक्षा कायम गर्न क्रियाशिल महानगरीय प्रहरी, नगर प्रहरी सहित ८१ जनासहित आरडी टेस्ट गरेका सबैको रिपोर्ट नेगेटिभ आएकोमा खुशी ब्यक्त गरे ।
काठमाडौं महानगर पालिका शहरी जनस्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यका अनुसार वडाका अध्यक्ष तथा सदस्यहरुको समन्वयमा टेस्ट कार्य भएको बताए । वडास्तरमा आआफ्नो रेकर्ड राखेको र त्यहि रेकर्ड अनुसार परिक्षण भइरहेको उनले बताए । यसभन्दा अगाडि कामपाका ४,५, ९, १०, १५, ३१ र ३२ नं वडामा टेष्ट भइसकेका छन् ।
“बिदेशबाट फर्केर आई काठमाडौं महानगर पालिकामा बसोबास गर्दै आएका र उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुलाई पहिलो प्राथमिकता दिई परिक्षण सुरु गरेका छौं।” महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यले सुभाय् पोस्टसँग कुरा गर्दै बताए ।
केही दिन अगाडि सन सिटि अपार्टमेन्टमा बसिरहेका ३ जनामा कोरोना पोजिटिभ देखिएको र उनीहरू यसभन्दा अगाडि कामपा वडा नं ५ कार्यलयमा कामको सिलसिलामा जनप्रतिनिधि तथा कर्मचारीहरुसँगको सम्पर्कमा आएर चियानास्ता समेत सँगै गरेको तथा राहत वितरणमा गर्दा संसर्गमा आएको आदि कारणले कतै संंक्रमण त भएको छैन भनी टेस्ट गर्नुुपर्ने कुरा आएपछि यसरी परिक्षण सुरु गरेको भन्दै मेयर शाक्यले यसप्रकारको टेस्ट ३२ वडामा नैं निरन्तरता दिने र शंकाको घेरामा रहेका सबैको परिक्षण गर्ने बताए ।आवश्यक देखिए थप जाँचको लागि टेकु अस्पताल पठाइने जानकारी पनि उनले दिए ।”जो सशंकित छन् उसले पनि आफूमा संक्रमण रहेको नरहेको बारे निवारण गर्न पाओस् र अरु सशंकित भइरहेकाको बीचमा पनि संक्रमित नभएको भनी पुष्टि गर्ने यो परिक्षणको एक उद्देश्य पनि हो” उनले बताए । महानगरबासीलाई कोरोना संक्रमणबाट टाढा राख्नु महानगर पालिकाको दायित्व भएको भन्दै उनले महानगरमा बस्ने कसैलाई भोकै नराख्ने बाचासहित आवश्यक ठहर भएकाहरुलाई राहत वितरण भइरहेको पनि जानकारी दिए । कतै कोहि टेस्ट गर्न छुटिरहेेेेको भए उनीहरूको बारे आफ्नो नजिकैको  वडा कार्यलयबाट जानकारी गराइदिन पनि मेयर शाक्यले अनुरोध गरे ।
यसरी परिक्षणमा जोड दिनु कोरोना संक्रमण न्यूनीकरण तथा नियन्त्रणमा लिनको निम्ति उल्लेखनीय कार्यको रूपमा लिन सकिन्छ ।
******
महानगरले सुरु गरेको आर डी टी बारे मेयर विद्या सुन्दर शाक्यको धारणा यस्तो रहेको छ , भिडियो हेर्नुहोस् –

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑