लंदन/ एक दुखदायी समाचारएक गर्भवती नर्स कोरोना भाइरससँगको युद्धमा हारिन् तर मृत्युपूर्व उनले एक शिशुको जन्म दिएकी छिन् ।
बेलायतमा स्वास्थ्यकर्मिहरुलाई प्रदान गरिने उपकरणहरुमा कमी भइरहेको भन्दै आवाज उठिरहेको बेला कोरोनाका बिरामीको उपचारमा खटिरहेकी नर्सको यसरी कोरोना संक्रमणका कारण दुखदायी निधन भएको छ ।
कोरोना भाइरस संक्रमित हुने खतरा सबभन्दा बढी फ्रंट लाइन वारियर्स यानि डाक्टर, नर्स तथा हेल्थ केयर वर्कर्सलाई हुने गर्दछ । कति डॉक्टर , नर्सहरुले यस भाइरस संक्रमणका कारण जीवन गुमाइसकेका छन् । हालै बेलायतमा कोरोना भाइरस संक्रमित भएर एक गर्भवती नर्सको मृत्यु भएको एएफपीले जनाएको छ तर मृत्यु अगाडि , उसले सफलतापूर्वक एक शिशुलाई जन्म दिइन् । बच्चाको स्वास्थ्यस्थिति ठीक रहेको बताइएको छ भने कोरोना संक्रमण भए नभएको बारे भने खुलाइएको छैन ।
लंदनको एक अस्पतालले दिएको जानकारी अनुसार ती नर्स शहरको उत्तरी भागमा रहेको ल्यूटन एंड डंस्टेबल यूनिवर्सिटी अस्पतालको एक जनरल वार्डमा नर्सको रूपमा कार्यरत थिइन् । २८ वर्षीया नर्स मेरी अग्यीवा अग्यपोंगको आइतबार मृत्यु भएको थियो ।
एएफपी
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५