काठमाडौं/ एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतमा कडाइ गरीने भएको छ ।
२२गते शनिबार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बताए ।
त्यस्तै नयाँ कोरोना संक्रमण देखिएका कैलाली कञ्चनपुर र बागलुङमा र्यापिड टेस्ट मार्फत संक्रमण पत्ता लगाउने र त्यसलाई पुनः परीक्षण गर्ने लगायतका निर्णय गरेको डा. खतिवडाले बताए।
त्यस्तै स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउने तथा त्यसमा बाधा पुर्याउनेलाई कारवाही गर्ने लगायतका निर्णय भएको डा.खतिवडाले बताए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५