• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 15, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  व्यक्तित्व

पूर्खाको बैज्ञानिक परंपरालाई रुढीबादी मानेपछि


सुभाय् संवाददाता April 3, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
डा. रोशन श्रेष्ठ
स्वतन्त्रताको आधुनिक नजरले हेर्दा बुझेर बुझ्न नसकिने त्यस्ता थुप्रै कुराहरुले हामी सबैलाई रोमाञ्चकता होइन ‘दिक्क लाग्दो’ बनाएको थियो कुनै बेला । र हामी नै हो ती ‘रुढीबादी परम्परा’ लाई च्यातचुत पारेर भत्काउनु पर्छ भन्ने ‘उग्र क्रान्तिकारीता’ मा लठ्ठिएर बुज्रुक वयस्कहरुका पुर्खौली ज्ञानमाथि धज्जी उडाउदै तिरस्कार गर्ने लठुवाहरु पनि ।
तर आधुनिक आवश्यकताहरु मनन गर्दै जाँदा हामी क्रमश: तिनै पुर्खाहरुको ज्ञानभण्डार र आनीबानी नै सहि रहेछ भन्नु पर्ने अवस्थामा घचेटिदै पुगीरहेका त छैनौं?
जस्तो कि: उदाहरणार्थ, क्वारेन्टाइन – यो शव्द अचेल कोरोनासित लड्ने महामन्त्र जस्तो भएको छ । धेरैलाई यसको अर्थ राम्रोसित थाहा छैन । १४ दिन कतै अलग्ग राख्नु नै क्वारेन्टाइन हो भन्ठान्छन प्राय मानिस – जुन गलत बुझाइ हो ।
ल्याटिन शव्द क्वाद्रागिन्ताबाट परिणत हुँदै इटालियन शव्द बनेको क्वारान्ता को अर्थ ४० हो भने ४० दिन अरुबाट छुटाएर राख्ने (जुन एकखालको सँजाय थियो) प्रचलन क्वारेन्टाइन भयो ।
छुटाएर राख्ने वा आफै छुटिएर बस्ने चलन आइसोलेशन, सेल्फ-आइसोलेशनको प्रचलन नेवार समाजमा पहिला देखि नै छ । यसलाइ ‘पुच्वनेगु’ भनिन्छ ।
रोगब्याधि र आवश्यकताको प्रकार अनुसार फरक फरक ‘पुच्वनेगु’ प्रचलन थियो। अहिले ‘पुच्वनेगु’ शव्द मात्र होइन भाषा नै बिलुप्त हुने अवस्थामा पुग्दा ती प्रचलन र त्यसपछाडि लुकेको ज्ञान जम्मै नष्ट भएर जानु स्वभाविकै हो।
जस्तो कि भनिन्थ्यो –
‘झारबान्ता वल कि निवा: पुच्वनेगु’ – अर्थात हैजाको महामारी फैलिदा २ हप्ता आइसोलेशन ।
‘त:कै वल कि प्यवा: पुच्वनेगु’ – अर्थात बिफर फैलिदा ४ हप्ता आइसोलेशन
‘नां काये मज्यूम्ह पुन कि खुवा: पुच्वनेगु’ – अर्थात ‘नाउँ थाहा नभएको, नयाँ खाले, संक्रमण भए ६ हप्ता आइसोलेशन । ६ हप्ता भनेको ४२ दिन, अर्थात ४० दिनको हाराहारी ‘क्वारेन्टाइन’ – यो नेवार प्रचलन पनि हो ।
अहिले विज्ञानले भन्दैछ कोरोनाभाइरस संक्रमणबाट पूर्ण मुक्तिको निमित्त ३४ दिन आइसोलेशन आवश्यक पर्छ । दिनको हिसाबले शताव्दियौं पुरानो नेवार परम्परागत ज्ञानको नजिक बिज्ञान पुगेछ भन्न मिलेको अवस्था छ ।
यसबाहेक ब्यापार वा धर्मकर्मको सिलसिलामा टाढाको यात्रा गरी फर्किए उनीहरुलाई पनि ‘निवा: पुच्वनेगु’ (दुई हप्ते आइसोलेशन) मा अनिवार्य राखेर त्यसपछि मात्र सगुन दिइ घर भित्राइने नियम थियो पहिला ।
अर्थात विविध रोग र आवश्यकता अनुसार क्वारेन्टाइन मात्र होइन अन्य थरीथरीका आइसोलेशन नेवार समाजमा विद्यमान थियो भन्ने बुझिन्छ, जुन हामीले बिर्सिएपछि भोली पश्चिमाहरुबाट फेरी सिक्ने होला ।
दैनिक रुपमा चलनचल्तिका नियमहरु पनि स्वास्थ्य चेतना प्रेरित थिए । जस्तो कि,
घरबस्तिबाहिर गइ कामबाट फर्किदा ‘ल्हा: तुति सिला: दुहाँ वयेगु’ अर्थात हात खुट्टा धोएर घर पस्ने नियम थियो पहिला । त्यसको लागि बस्ति छिर्ने मुलबाटोमा बस्ति नजिकै पुगेपछि ‘हिति’ (ढुङ्गेधारो) को ब्यवस्था थियो पहिला ।
दैनिक रुपमा बाहिर दिनभरी काम गरी फर्केर घरभित्र पसेपछि ‘म्हुतु च्वला: जक न्ववायेगु’ अर्थात ‘मुख पानीले कुल्ला कुल्ला गरेर मात्र अरुसित बोल्ने कुराकानी गर्ने’ नियम थियो पहिला । ‘म्हुतु च्वलेगु’ नगरेसम्म कुरा समेत नगरी हातको इशाराले कुरा गर्नु पर्ने कडा नियम थियो पहिला ।
पुनेय:गु थाय्, पुना:हैगु थाय् अर्थात संक्रमण हुने सम्भावित ठाँउहरु छ्वास, दुबात आदि पहिले नै पहिचान गरेर राखिन्थ्यो । कोहि संक्रमित भएर विरामी भए ‘पुँइ हनेगु’ (जसको शाव्दिक उल्था अरु कुनै पनि भाषामा छैन) गरिन्थ्यो । कपासको डल्ला डल्लाको बीचमा सिम्रिक रंग दलेर लामो सिन्कामा झून्डाइ बनाइने पुँइ ले अरु मानिसलाई ‘यो ठाँउमा भाइरस सक्रिय छ, यहाँबाट पर बस’ भन्ने चेतावनी दिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
बौ तयेगु (यसको पनि शाव्दिक उल्था उपलव्ध छैन) भनिने स्वास्थ्यलाभको निमित्त गर्ने प्रचलन किन गरिन्छ यसपछाडिको वैज्ञानिक कारण के के छन भन्ने रहस्यकै गर्भमा छ । यस्तै थाहा हुन नसकेको अरु स्वास्थ्य लाभका नेवार समाजमा रहेका प्रचलनहरु किग: ह्वकेगु, गुँ थनेगु, पिया: छ्वयेगु, पुकेगु, आदि छन् जुन अन्य भाषामा शव्द नै छैन । ज्ञात अज्ञात किटाणु वा भाइरसहरुबाट तिनले मुक्ति कसरी दिन्छ भन्ने पनि रहस्यको गर्भ मै लुकेको छ । यस्ता प्रक्रियामा संलग्न हुनेले आफै पनि हातखुट्टा मुख सबै नवद्वार पखालेर शुद्ध भइ त्यो प्रक्रिया थालेर समाप्त भइसकेपछि फेरी नवद्वार पखाली सकेपछि मात्र अरुसित बोल्न पाइने कडा नियम विद्यमान छ । भाइरस जस्ता अदृष्य किटाणुहरुसित लापरवाहि नगर है भन्ने ज्ञानचेतनाकै कारण ती कडा नियमहरु बनेको हो ।
अलि ब्यापक प्रचलनमा रहेको र बुहार्तनको मामिलामा झञ्ञटिलो शव्द ‘चिपनिप’ अर्था जुठोचोखो पनि स्वास्थ्यचेतना सित सम्बन्धित नियम नै हो। चिपं थिल भन्दाखेरी जुठो भयो, अपवित्र भयो, फोहर भयो भन्ने बुझिन्छ । ‘चिप भ्या: जुल’ पनि भनिने अर्को खाले संक्रमण छ, जसको शाव्दिक उल्था पश्चिमा मात्र होइन नेपालकै अरु भाषाभाषिमा पनि शायद छैन होला । यस्तै ‘चिपं स्वात’ भन्ने फेरी फरक खाले संक्रमण पनि छ, यो पनि राम्ररी बुझ्न बुझाउन बाँकि नै छ।
मृत्युकर्म वा अशक्त विरामीलाई सहायता गरेर फर्केपछि ‘क:थियेगु’ भन्ने प्रचलन छ । यो चलनमा हातखुट्टा सफा गर्नको लागि मँ/हेम्व (धानको भुस) र क: (जाँड वा रक्सि पारेर बचेको रेजिड्यू) मिसाइ त्यसले हातखुट्टा राम्रोसित माडेर धोइपखाली गर्ने चलन थियो । अचेल भने कर्मकाण्डी पारामा त्यो मिश्रणमा खुट्टाको औलामात्र चोपल्ने गरिएको छ। यो चलन पनि हात खु्ट्टामा रहन सक्ने किटाणु जिवाणु नष्ट गर्नुपर्छ भन्ने चेतनाको अवशेष नै हो ।
त्यस्तै कतिपय संस्कारहरुमा ‘खौ कायेगु’ चलन छ । सरसफाइ गरीसकेपछि तोरीको पिना लिएर अनुहार हात जस्ता ‘एक्सपोज’ हुने छालामा पिना दल्ने प्रचलनलाइ ‘खौ कायेगु’ भनिन्छ । तोरीको तेल तथा पिनाको यस्तो प्रयोगले भाइरसबाट कसरी बचाउँछ भनेर पहिला पनि बताइसकेको छु ।
यस्ता परम्परागत ज्ञानहरु परिष्कृत गर्दै समयसापेक्ष गर्दै लानु पर्नेमा, उल्टो झन ‘रुढीबादि भन्दै तिरस्कार गर्ने, तथा नयाँ पुस्तामाझ भाषा नष्ट भएसँगै ती ज्ञानहरु पनि नष्ट हुँदै गएको अवस्था छ । यस्तो दुखद सिलसिला कसरी अन्त्य हुने हो खै? आज आएर नेवार समाजले विकास गरेका यस्ता अनगिन्ति ज्ञानगुणका कुराहरु नेवारलाइ बुझाउनको निमित्त पनि अरु भाषाको सहारा लिन पर्ने दुखद परिस्थिति आएको छ ।
परम्परागत ज्ञान पनि भाषाबिलिन भएसँगै बिलिन भएर जाने अवस्था देखिएको छ ।
सम्बन्धित पोस्ट
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑