पोखरा / नेवा: खल:कास्कीको आयोजनामा नेपाल संवत ११४० नव वर्षको उपलक्षमा आज नेसं ११४० कछलाथ्व १(२०७६ साल कात्तिक १२) सांस्कृतिक र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो । र्यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ, संसादहरु, विभिन्न दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।पोखरा महानगरपालिका अगाडी न्यूरोडबाट आरम्भ भएको र्याली नगर परिक्रमा गरी नालामुख भिमसेनटोलस्थित नेवाः छेमा पुगेर शुभकामना सभामा परिणत भएको थियो ।
सांस्कृतिक र्यालिमा आदिवासी जनजातिका तर्फबाट र अन्य समुदायबाट समेत सहभागिता जनाइएको थियो । भव्य रुपमा निकालिएको उक्त र्यालिमा मौलिक भेषभुषा बाजागाजासहितको उल्लासपूर्ण सहभागिता रहेको थियो ।
समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले मुलुकमा समावेशी लोकतन्त्रको अभ्यास र विकासको चरणमा रहेकाले सबै जातजाति, भाषाभाषिको विकास र सम्मानबिना समावेशी लोकतन्त्र बलियो हुन नसक्ने बताउनु भयो ।
नेपाल संवत ११४० को शुभकामना र्यालीपछि नेवा छेँ भवन, भिमसेनटोलमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा सबै जातजातिको संस्कार संस्कृतिको सम्मान तथा प्रवर्धन गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो “सबैको सहभागिता र सम्मान गर्ने परिपाटीले साच्चिकै देशमा समावेशी लोकतन्त्रको विकास हुन्छ ।”
प्रदेशमा भएका सम्पूर्ण जातजातिका भाषा संस्कृतिको सम्मान र प्रवर्धनले समग्र गण्डकी प्रदेशको विकास हुनेमा जोड दिनुभयो । राज्यले धर्मको संरक्षण गर्ने, सम्मान गर्ने नीति ल्यााएको छ, यसले धार्मिक सहिष्णुता कायम गर्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो । साथै उहाँले बहुभाषिक नीति अवलम्वन गरेर सरकार अगाडी वढेकोले बताउनु भयो ।
वरिष्ठ कवि ,संस्कृतिकर्मि तीर्थ श्रेष्ठले नेपाल संवत अहिले नेवारको जस्तो देखिन थालेको छ, इतिहासले त्यो भन्दैन, उहाँले भन्नुभयो “एकजना प्रधानमन्त्रीले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभयो, अरु प्रधानमन्त्रीको पालामा पनि अनेक घोषण गरिए, दुख लाग्ने कुरा यो हो कि राज्यले स्वामित्व ग्रहण गर्न सकेन ।”
नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखेको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा विविध क्षेत्रमा योगदान गर्ने महानुभावहरुको सम्मान गरिएको थियो ।
नेपाल भाषा ,संस्कृति क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएको नेवा: खल: कास्कीले आफ्नो क्षेत्रमा जागरण ल्याउन सराहनीय कार्यहरु गर्दै आएको छ ।
र्याली र औपचारिक कार्यक्रमका फेसबुक लाईभ भिडियो हेर्नुस्
नया वर्ष नेपाल संवत ११४० को शुभकामना ।
Posted by Sanjaya Kumar Malla on Monday, October 28, 2019
Posted by Sanjaya Kumar Malla on Monday, October 28, 2019
नया वर्ष नेपाल संवत ११४० को शुभकामना ।
Posted by Sanjaya Kumar Malla on Monday, October 28, 2019
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५