• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

एसइइ परिक्षा पनि स्थगित , २५ जनाभन्दाबढी एक ठाउँमा भेला हुन नपाइने हलदेखि डान्सबारसम्म बन्द


सुभाय् संवाददाताMarch 18, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । बुधबार बसेको बैठकमा यो निर्णय थिएन पछि परिवर्तन गरि यो परिक्षा पनि स्थगित गरिएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको बताइएको छ ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।
तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।
त्यसैगरी बुधबार नैं बसेको विशेष समितिको बैठकले  सिनेमा हल सांस्कृतिक केन्द्रहरुदेखि लिएर क्लब डान्सबार समेत अप्रिल ३० तारिखसम्म बन्द गर्ने घोषणा गरेको छ । साथै एकै ठाउँमा २५ जनाभन्दा बढी भेेलाहुन बन्देेज लगाइएको छ ।
तर सपिङ मल , पसल बजार भने खुल्ला रहने बताइएको छ ।
साथै आवश्यक परेमात्र घर बाहिर निस्कन सरकारले भनेको छ ।
कोरोना भाइरस संक्रमणबाट सुरक्षित राख्न यसरी सरकारले गरेको विभिन्न निर्णयहरु प्रकाशनमा आएको छ ।
यस किसिमको बन्द स्थगनलाई सचेतनाको रुपमा लिनुपर्ने र कुनै किसिमको त्रास लिनुनपर्ने विज्ञहरुले भनेका छन् ।
आज बसेको बैठकपछि जारी बुँदाहरु
१. covid-19 रोग बाट संक्रमण भइ उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको, सरकारी सामुदायिक तथा निजी अस्पतालहरुमा उपचार गराउने व्यवस्था मिलाउने।
२. सिनेमा हल सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्न। यसको अनुगमन गृह मन्त्रालय संस्कृति पर्यटन तथा उद्द्यन मन्त्रालय र संचार तथा प्रविधि मन्त्रालयले गर्ने
३. अत्यावश्यक कामका बाहेक आवतजावत, हिंडडुल नगर्न सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टीपालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने। सोको अनुगमन गृह मन्त्रालय एवं संस्कृति पर्यटन तथा नागरिक उद्द्यन मन्त्रालयले गर्ने।
४. प्रकरण २ र ३ को कार्यान्वयन अनुगमन प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने।
५. सार्वजनिक सवारी साधनहरुमा सीत क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने। साथै सर्वसाधारण नागरिकहरुलाइ भिडभाड गरि यात्रा नगर्न अनुरोध गर्ने।यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने।
६. सार्वजनिक यातायातका सवारी साधनलाई यातायात चलाउनु अगाडि प्रत्येक दिन समय समयमा सवारी साधनलाई Disintection गर्न लगाउने। यस कार्यको अनुगमन यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्ने।
७. मानिसहरुको बढी जमघट हुने सार्वजनिक महत्त्वका स्थलहरुमा स्थानीय तह(महानगर पालिका, उपमहानगर पालिका, नगरपालिका र गाउँ पालिका) ले दैनिक रूपमा निश्चित समयको अन्तरालमा सरसफाइ एवं Disinfection गर्ने। संघीय मामिलामा तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासन आवश्यक समन्वय गरि उक्त कार्यको अनुगमन गर्ने।
८. बजारमा उपभोग्य सामानको कृतिम अभाव सृजना गर्ने, जम्माखोरी, कालो बजारी, मिसावट गर्ने गराउनेलाई तत्काल प्रचलित कानुन बमोजिम कार्वाही गर्ने। दैनिक उपभोग्य अत्यावश्यक सामाग्रीहरुको पर्याप्त मौज्दात भएकोले आम उपभोक्तालाई आवश्यक भन्दा बढी सामाग्रीहारु खरिद र अनावश्यक संचय नगर्न अनुरोध गर्ने। यश कार्यको अनुगमन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने गराउने ।
९. आवागमनमा लगाएको प्रतिवन्धको कारणले आफ्नो मुलुक फिर्ता जान नसकेको विदेशी नागरिकहरुको भिसा अवधि नियमित गरिदिने। यश कार्यको लागि गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयले समन्वय गर्ने।
१०. युरोपका सबै मुलुकहरु पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु ईरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान बाट आउने र ती मुलुकहरूलाई ट्रान्जित बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य राती देखि लागू हुनेगरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिवन्ध लगाउने। यश सम्बन्धि सूचना विदेशी स्थित कुटनितिक नियोगहरुमा आवश्यक अन्य निकायहरूमा संप्रेषन गर्ने।
११. कुनै यात्रुले नेपाल सरकार द्वारा Travel Advisory जारी गरेको अवधिको उडान यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफै उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाई टिकट रद्द गर्दा पुरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने। यस कार्यको अनुगमन संस्कृति पर्यटन तथा उद्द्यन मन्त्रालयले गर्ने।
१२. २०७६ चैत्र ६ गते देखि संचालन हुन गइरहेको SEE( secondary education examination) परिक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको Health Desk स्थापना गरि सुरक्षित एंव व्यवस्थित रूपमा सम्पन्न गर्ने। तर बाल बिकास केन्द्र आधारभूत तथा माध्यमिक विद्यालय र विश्व विद्यालयहरुका पठानपाठान २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने।
१३. होटेल रेस्टुरेन्ट तथा सपिङ्ग महलका संचालकहरुलाइ हात सफा गर्ने ( sanitizer) लगायत सफाइका सामाग्रीहरुको प्रबन्ध गरि टेबुल, कुर्सी, बाररेलिङ्ग र शौचालय आदि स्थानहरुमा नियमित रूपमा Disinfection गर्न लगाउने । साथै तापक्रम मापन गर्ने उपकरण तथा सामाग्रीको व्यवस्था गरि उक्त स्थानहरुमा प्रवेश गर्ने व्यक्तिहरुको स्वास्थ्य जाँच ( Health Screening) गर्ने।
१४. अबैध रूपमा लुकाइ राखिएका अवस्थामा फेला पारी गृह मन्त्रालय बाट जफत गरिएका माक्सहरु मध्ये ५लाख थान माक्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र बाकी माक्स साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड मार्फत विक्री वितरण गर्ने प्रवन्धका लागि पठाउने।
१५. सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरि कुनै पनि संचार माध्यम( सामाजिक संजाल); बाट समेत गलत अभिव्यक्ति दिएमा विद्यमान कानुन वमोजिम कडा कार्वाही गरिनेछ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑