काठमाडौं / मिर्गौला प्रत्यारोपणका लागि दस दिनदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि शुक्रबार आफ्नो सरकारी निवास बालुवाटार फर्किएका छन्।
उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली स्वस्थ भएको र घरमै बसेर आराम गर्दा हुन्छ भन्ने चिकित्सकको सुझावपछि घर ल्याइएको बताएका छन्।
फागुन १९ गतेत्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीको २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
भाञ्जी नाता पर्ने भनिएकी समीक्षा सङ्ग्रौलाले उनलाई प्रत्यारोपणका लागि मिर्गौला दिएकी थिइन्।
“डिस्चार्जपछि उहाँ समयसमयमा नियमित फलोअपमा रहनुपर्छ। उहाँ नियमित चिकित्सकको निगरानीमा रहनुहुनेछ,” शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज ।https://youtu.be/j7GmkJ6zDb0
Posted by Avenues Khabar on Friday, March 13, 2020
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५