• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

लुति अजिमा परिसरमा नयाँ सत्तलको शिलान्यास


सुभाय् संवाददाता March 11, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं /लुति अजिमा (इन्द्रायणी) मन्दिरसँगै नदी किनारमा नयाँ सतलको  फागुन २८ गते बुधबार एक कार्यक्रमकाबिच शिलान्यास गरियो ।
प्रमुख अतिथि काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यले सतलको शिलान्यास गर्नुभएको थियो भने उपमेयर हरिप्रभा खड्गी तथा वडा १७ वडाका अध्यक्ष नवीन मानन्धर शिलान्यास पुजामा सरिक हुनुभएको थियो ।
काठमाडौं महानगर पालिका वडा नं१७ स्थित विष्णुमति नदी किनारमा अवस्थित लुति अजिमा राजा गुणकामदेवले स्थापना गरेको खड्ग आकारको कान्तिपुर महानगरको एक महत्त्वपूर्ण ऐतिहासिक , पुरातात्त्विक , धार्मिक स्थलमध्ये एक रहेको उल्लेख छ ।
यसलाई शक्ति पीठको रूपमा पनि लिने गरिन्छ । यस मन्दिरको परिसरमा काठमाडौंका नेवार समुदायका विभिन्न जात-जातीहरुको अन्तिम संस्कार गर्ने मसान र घाट रहेको छ ।
विसं २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण यहाँको मन्दिर पनि क्षति भएको थियो भने केही समय अगाडि मात्र यसको पून:निर्माण सम्पन्न भएको थियो । यस क्षेत्रको विकास ,संरक्षण , संवर्द्धनको निम्ति काठमाडौं महानगर पालिकाको कार्यलयले एक गुरु योजना पनि बनाएको छ ।
कार्यक्रम स्थानीय द्य:पाला गुठी मातहतको इन्द्रायणी परिसर गुरुयोजना निर्माण सहयोग तथा उपसमितिको आयोजनामा भएको थियो ।
विधिपूर्वक पूजा गरि सत्तल शिलान्यास गरिसकेपछि एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मेयर शाक्य प्रमुख अतिथि , उपमेयर हरिप्रभा खड्गी, प्रदेश सांसद वसन्त मानन्धर , महानगरका प्रवक्ता तथा १५ वडाका अध्यक्ष इश्वरमान डंगोल , सम्पदा समितिका संयोजक तथा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जन , १७ वडाका अध्यक्ष नवीन मानन्धर , नेवा: देय् दबूका अध्यक्ष नरेश ताम्राकार र विभिन्न जातीय गूठीका प्रतिनिधिहरु अतिथिको रुपमा आउनु भएको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा मेयर शाक्यले सम्पदा सबैको साझा सम्पत्ति भएको बताउँदै भन्नुभयो “यसको संरक्षण गर्नु , विकास गर्नु महानगरको दायित्व हो । साथै महानगर पालिकाले विभिन्न क्षेत्रका सम्पदाको जिर्णोद्दार , पुन:निर्माण कार्यमा सहयोग गरेको बताउँदै भन्नेभयो “काठमाडौंको सम्पदाको सबै जिम्मा लिन महानगर पालिका सक्षम छ ।”
प्रदेश सांसद वसन्त मानन्धरले पुजारी समुदाय सक्रिय भएर मन्दिर पुन:निर्माण गर्न सफल भइसकेको स्मरण गरे । त्यसैगरी उपमेयर खड्गीले सम्पदा हाम्रो पहिचान भएको बताउँदै आफ्नो मन्तव्य राख्नु भएको थियो ।
निर्माण हुन लागेको सत्तलको लागत १ करोड , १७ लाख, ४ हजार , १ सय ७९ रुपियाँ रहेको छ । २०७७ साल बैशाखसम्म यसको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑