काठमाडौं/नेपाल संवत न्हूदँ राष्ट्रीय समारोह समितिको आह्वानमा काठमाडौंमा नेपाल संवत ११४० नयाँ वर्षको उपलक्षमा बसन्तपुरबाट आज कार्तिक १२ गते भव्य सांस्कृतिक र्याली निकालिएको छ । र्यालिले काठमाडौं नगर परिक्रमा गरी वसन्तपुर पुगेपछि शुभकामना सभा आयोजना गरिएको थियो ।
र्यालिमा हजारौं नगर बासीहरु बाजागाजा र सांस्कृतिक झांकीसहित आफ्नै मौलिक भेषभूषामा सहभागी भएका थिए ।
नेपाल संवत अनुसार कछलाथ्व १ लाई वर्षको पहिलो दिनको रुपमा लिईन्छ । जुन दिन आजको दिन हो ।
यसै क्रमम नयाँं वर्षको उपलक्षमा पाटन , किर्तिपुर , भक्तपुर , ठिमी लगायत काठमाडौं उपत्यकाका बिभिन्न स्थानका साथै उपत्यका बाहिर पनि देशैभरिका नगरहरुमा नयाँ वर्षको उत्सव मनाइँदै गरेको खबर छ ।
आज बसन्तपुरको शुभ कामना सभामा प्रमुख अतिथी प्र्धानमन्त्री केपी ओलि स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने भएपछि सरकारको प्रतिनिधित्व गर्दै उप प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल प्रमुख अतिथीको रुपमा आउनु भएको थियो ।
यस दिन नेवार समुदायको म्हपुजा(आफ्नो शरीरको पूजा) गरिन्छ । यसको दर्स्शन निकै महत्वपूर्ण दर्शन रहेको छ।
लिंक खोलेर भिडियो हेर्नुस
https://www.facebook.com/ratnadreams/videos/10212446251349605/
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५