काठमाडौं / काठमाडौंबाट साइकल यात्रीहरुले भगवान बुद्धको जन्मभूमि लुम्बिनीसम्म साइकल र्याली गर्ने भएको छ ।
बुद्धिस्ट सर्किट्स डट कमको तर्फबाट ग्रेट बुध्दिष्ट ट्रेल अध्यात्मिक पर्यटकीय साइकल र्याली यसपटक पनि आयोजना गरिने कुरा मंगलबार सानेपास्थित नुवाकोट घरमा एक पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
ग्रेट बुद्धिस्ट ट्रेलका परिकल्पनाकार विक्रम पाण्डेले बुद्ध जन्मेको देशमा आउने पर्यटकहरूको निम्ति यसप्रकारको कार्यक्रम आकर्षक र जानकारीमूलक हुने भन्दै विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि साइकल र्याली गर्न लागेको बताए ।
ग्रेट बुद्धिस्ट ट्रेल संसारकै नौलो किसिमको साइकल र्याली तथा पर्यटन प्रवर्द्धन कार्यक्रम भएको र यो कार्यक्रमले प्राचीन नेपालमण्डलको नेवा: सभ्यता र कपिलवस्तु लुम्बिनीको शाक्यमुनी सभ्यतासँग जोडिने नौलो प्रयोग भएको बताए ।
कार्यक्रम आयोजक समितिका सदस्य मनोज नेवा: खड्गीले यस कार्यक्रमले ग्रेट बुद्धिस्ट ट्रेलमा पर्ने ठाउँहरुको समेत विकास हुने दाबी गरे ।
फागुन २३ गते स्वयम्भूबाट सुरु हुने उक्त साइकल र्यालीले नेपालमण्डलबाट बाहिर जाने पुरानो बाटो पछ्याउँदै चन्द्रागिरी , चित्लाङ , देउराली भीमफेदी भैंसे हुँदै हेटौंडा भएर जानेछ ।
हेटौंडा नारायणगढ हुँदै र्याली लुम्बिनीमा फागुन २६ गते पुग्नेछ । २७ गते मायादेवी मन्दिर क्षेत्र ७ फन्को लगाई कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र पुग्ने कार्यक्रम रहेकोे छ ।
र्यालीमा नेपालका विभिन्न साइकल प्रतियोगिताका पदक जितेका साइकलिस्टहरुको पनि सहभागिता रहने छ ।
समाजका लागि केही योगदान गरौं भन्ने उद्देश्यसहित कार्यक्रम गरिन लागेको सदस्य मनोज नेवा:ले जानकारी दिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५