• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / खेलकुद

मच्छिन्द्र ए डिभिजन लिग च्याम्पियन, आर्मी १-० ले पराजित


सुभाय् संवाददाताFebruary 15, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं/ सम्पदा महानगर काठमाडौंको पुरानो शहरको मध्यभागमा रहेको  सानमिगेल मच्छिन्द्र युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको छ । त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले पहिलो पटक लिगको उपाधि उचाल्न सफल भएको हो । टीम घोषणासँगै यसपालि लिग जित्ने दाबीका साथ मैदानमा उत्रिएको राष्ट्रिय खेलाडीहरुले भरिएको टीम मछिन्द्र क्लब आफ्नो दावेदारीलाई वास्तविकतामा बदल्न सफल भएकोमा निकै हर्षित रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न खेलमा मच्छिन्द्रले जित्नैपर्ने बाध्यताको दबाबका बीच त्रिभुवन आर्मीमाथि जित हात पार्न सफल भएको हो । मच्छिन्द्र यसअघि लिगको २०७० को संस्करणमा उपाधिको होडसम्म पुगेपनि उसको पहिलोपटक उपाधि जित्ने सपना पुरा हुन सकेको थिएन ।
मच्छिन्द्रको जितमा रञ्जित धिमालले गर्नुभएको प्रहार आर्मीका विकास तामाङले रोक्दा गोलकिपर विकेश कुथुलाई छल्दै गोलमा परिणत भएको थियो । उक्त आत्मघाती गोल निर्णायक रह्यो । धिमालले ३३ औं मिनेटमा देब्रे कर्नरबाट गर्नुभएको प्रहार तामाङबाट डिफ्लेक्ट हुँदै आत्मघाती गोलमा परिणत हुन पुग्यो । धिमालको फ्रिकिक विकास गुरुङबाट उछिट्टिएर गोलमा परिणत भएको हो ।
लिगमा मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षकको उपाधिबाट सम्मानित भएका छन् ।
मच्छिन्द्रका विशाल राई लिगमा उत्कृष्ट मीडफिल्ड घोषित भए थ्री स्टारका अनन्त तामाङ उत्कृष्ट डिफेन्स घोषित भए। मनाङ मस्र्याङ्दी क्लबका दीप कार्की उत्कृष्ट गोलकीपरको उपाधिबाट सम्मानित भएका छन् । न्यूरोड टिमका दर्शन गुरुङ लेफ्टीनेन्ट मणि विक्रम शाह युवा खेलाडी पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । ललितपुरको थ्री स्टार क्लब ‘फेयर प्ले अवार्ड’बाट सम्मानित भएको छ । त्रिभुवन आर्मी क्लबको पोल्टामा भने उत्कृष्ट फरवार्डको उपाधि गयो । भरत खवास उत्कृष्ट फरवार्ड घोषित भए ।
उनीहरु सबैलाई अखिल नेपाल फुटबल संघले दशरथ रङ्गशालामा एक समारोहको आयोजना गरी सम्मान गरेको थियो ।
काठमाडौंमा रहेका पुराना क्लबहरु अन्नपूर्ण , आरसीटी , एनआरटी, बालकुमारी , एनआरटी , संकटा, मछिन्द्र क्लब एक किलोमीटरको पेरिफेरिमा रहेका ए डिभिजनका क्लबहरु हुन् जुन एक समय निकै चर्चित थिए । आज मछिन्द्रले यस क्षेत्रको पुरानो इतिहास सम्झाइदिएको छ ।
तर पहिले खेलाडीहरु स्थानीय नै हुन्थे भने अहिले खेलाडी प्राय: देशीविदेशी समेत रहेका छन् ।
मछिन्द्र ए डिभिजन च्याम्पियन बन्न सफल भएकोमा सुभाय् मिडिया परिवार शुभकामना व्यक्त गर्दछ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑