बेइजिङ /चीनमा कोरोना भाइरस फैलिएको बारे पहिलो पटक जानकारी दिने चिनिया डाक्टर लि वेन्लिआङको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । उनी चीनमा कोरोना भाइरसको संक्रमण बारे पहिलो पटक जानकारी गराउने ८ डाक्टहरुमध्य एक थिए ।
३४ वर्षीय चिकित्सक लि वेन्लिआङ्, जसले अरु चिकित्सकहरुलाई कोरोना भाइरसको संक्रमण बारे सतर्क गराउने प्रयास गरेका थिए उनै डाक्टरको सोही भाइरस संक्रमणका कारण बिहिबार बुहानमा मृत्यु भएको कुरा राज्यद्वारा प्रकाशन गर्दै आएको ग्लोबल टाइम्सले जनाएको छ ।
उनले चीनको हुबेइ प्रान्तको बुहानमा कोरोना भाइरसको संक्रमण भएको बारे गत डिसेमबरमा पत्ता लगाएका थिए ।
उनले आफ्नो अस्पतालामा सि-फूडको मार्केट्बाट सार्स जस्तै लक्षण भएका बिरामीहरु आएको बताएका थिए । स्मरणीय छ सन २००३ मा पनि चीनमा सार्सका कारण ८ सय जनाको ज्यान गएको थियो ।
कोरोना भाइरसका कारण हालसम्म चीनमा ५६४ जनाको मृत्यु भ इसकेको छ भने २८,०१८ जना बिरामीहरु फेला परेको कुरा त्यहाँँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५