काठमाडौं / “माइतीघर तिम्रो हैन …” जस्ता कालजयी गीतका गायक स्व. द्वारिकालाल जोशीलाई एक कार्यक्रम गरि स्मरण गरियो ।
बिहीबार बिहान काठमाडौंमा जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरि उहाँको नेपाल भाषा गीत संगीत तथा मातृभाषा आन्दोलनमा उहाँको योगदान स्मरण गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री नेपाली कांग्रेसका नेेेतातीर्थराम डंगोल , पुुराना पत्रकार एवं नेेेवा: नेेेता मल्ल के सुुुन्दर , नेपाल सुनचाँदी व्यवसायी संघका संंस्थापक अध्यक्ष तथा नेेपालभाषाका गीतकार निरन्जन रत्न शाक्य नेवा: देय् दबूूूका पूर्व महासचिव पवित्र बज्राचार्य लगायत अतिथिको रूपमा आउनुभएको थियो ।
उक्त कार्यक्रममा उहाँको संगीतमा रहेको नेपाल भाषाको एक गीत ” आकाश ख्व:गु खना…” को म्युजिक भिडियो पनि विमोचन गरिएको थियो । यस गीतको मूल स्वर सपनाश्रीले दिएका थिए भने अहिले कभर संंगको रूपमा उहाँको छोरी लसता जोशीले गाएकी छिन् ।
मन्तव्य राख्ने क्रममा जनकवि दुर्गालाल श्रेष्ठले द्वारिकालाल जोशीका साथ भएका घटनाहरु स्मरण गर्दै भन्नुभयो ” हामीबीच केकति कुराकानी भए भनेर साध्य नै छैन । यो समय द्वारिकालाले शुद्ध मनले छोडेर गएका गीत संगीतजस्ता कृतिहरुलाई संरक्षण गर्नुपर्छ । ”
नेवाः नेता मल्ल के. सुन्दरले द्वारिकालाल नेपालभाषा क्षेत्रका अतुलनीय श्रष्टा रहेको भनी स्मरण गरे ।
अर्का अतिथि निरञ्जन रत्न शाक्यले द्वारिकालालले धेरै कलाकारहरुको उदय गराउनुभएको बताए ।
कार्यक्रममा द्वारिकालाल जोशीको परिवारका सदस्यहरू नगीना जोशी , लसता जोशी लगायतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुमा स्वर्गीय जोशीको तस्वीरमा प्रमुख अतिथि तथा स्रष्टाहरुले माल्यार्पण गरि श्रद्धा सुमन चढाएका थिए । बि.संं. २०२२ सालदेखि रेडियो नेपालमाआवद्ध हुनुभएका उहाँले आफ्नो मातृभाषाका गीत गायन र संगीतमा ठूलो योगदान गर्नुभएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५