• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

पोखरामा पनि नेवार समुदायले १३ गते भाइटिका लगाउने निर्णय, १२ गते नेपाल संवत भिन्तुना र्‍याली


सुभाय् संवाददाताOctober 24, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पोखरा, ३० असोज । नेवा खलः कास्कीको बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथीमा त्रुटी रहेको भन्दै १३ गते भाइटिका पुजा गर्ने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले नेवारहरुले मान्दै आएको नेपाल संवत् र म्हः पुजाको दिन पात्रोमा गडबड भएको बताएको छ । यसका अलावा औंसीको दिनमा गरिने गाइपुजा तथा लक्ष्मी पुजा पनि औंसीको दिनमा नरहेकोले गडबडी पुष्टी भएको खलःका अध्यक्ष अशोक पालिखेले बताए ।
नेपाल पञ्चागं निर्णायक समितिका अनुसार यसपटक यमपञ्चकका रुपमा मनाइने तिहारको पहिलो दिन कार्तिक ९ गते काग तिहार, १० गते कुकुर र लक्ष्मी तिहार रहेको छ । ११ गते औंसीका दिन भने म्हपूजा र १२ गते न्हु दँ (नयाँ वर्ष) नेपाल सम्वत ११४० र भाइटिका रहेको छ । यी तिथिहरु नेवार समुदायले मनाउँदै आएको स्वन्ति नखः भन्दा ठीक विपरीत छन् ।
पालिखेले नेवार समुदायलाई समितिले प्रकाशित गरेको पात्रोको आधारमा नभइ परापूर्वकालदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै ’स्वन्ति’ मनाउन नेवार समुदायलाई आह्वान गरेको छ । जसअनुसार, नेवार समुदायले औंसीकै दिन कार्तिक ११ गते मात्रै लक्ष्मी पूजा गर्न आग्रह गरिएको छ । पात्रोमा भाइटिका रहेको प्रतिपदाको दिन कार्तिक १२ गते नेपाल सम्वत र म्हपूजा मनाएर मात्रै द्धितियाको दिन कार्तिक १३ गते बुधवार भाइटीका मनाउने पनि खलः ले निर्णय गरेको छ । ‘नेपाल भाषा मंका खलले पनि देशभरका नेवार समुदायलाई यहि अनुरुप गर्न आग्रह गरेको छ ।’ पालिखेले भने ‘शताब्दी पुरुष सत्यमोहन जोशीले पनि परम्परागत रुपमै चल्दै आएको स्वन्तीलाई निरन्तरता दिन आग्रह गरेको हुनाले हामी सोही मुताविक नै गर्दैछौं’ । नेवा खलः कास्की अन्र्तगतका सम्पुर्ण कचा खलः (शाखा) हरुलाई पत्राचार नै गरेर निर्णय मुताविक गर्न अनुरोध गरेको छ । १३ गते भाइटिकाको दिन सार्वजनिक विदाका लागि गण्डकी प्रदेश सरकारसंग आग्रह गरिने पालिखेले जानकारी दिए ।
संस्कृतिकर्मी कृष्णबहादुर श्रेष्ठले नेवार समुदायले कौलागा औंसीको दिनमा लक्ष्मी पूजा गर्दै त्यसको भोलिपल्ट कछलाथ्व प्रतिपदाका दिन ’न्हू दँ’ नेपाल सम्वत तथा साँझ आत्मपूजा स्वरुप ’म्हपूजा’ गर्ने परम्परा रहेको बताए । उनले त्यसको भोलिपल्ट कछलाथ्व द्वितिया अर्थात् नेपाल सम्वतको दोस्रो दिनमात्रै भाइटिका मनाउँदै पर्सिपल्ट लक्ष्मीको फूल बिसर्जन गर्दै प्रसाद ग्रहण गर्ने जानकारी दिए ।
१२ गते नेपाल संवत ११४० को स्वागतार्थ भिन्तुना र्याली आयो,जना गरिने भएको छ । भिन्तुना र्याली पोखराको न्युरोडबाट शुरु हुनेछ । बिभिन्न जातजातीका झाँकी तथा नेवारी साँस्कृतिक नृत्य र झाँकीका साथ शुरु हुने यो र्याली पोखराका मुख्य बजार परिक्रमा गरि नेवा छेँ भिमसेनटोलमा पुगेर शुभकामना सभामा परिणत हुनेछ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑