काठमाडौ, माघ १७ गते । गृह मन्त्रालयले नेपाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणालाई निलम्बन गरेको छ ।
संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उप-सचिव उमाकान्त अधिकारीले बताए ।
अधिकारीका अनुसार राणालाइ बिहीबार निलम्बन गरिएको र गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरिसकेको बताए ।
धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेको एसएसपीबाट आफू पिडीत बनेको जानकारी गराएका थिए । तर आरोपित निलम्बित राणाले आरोप अस्विकार गर्दै आएका छन् । ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५