• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 27, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

लुम्बिनीमा नयाँ भव्य सभाहल बन्दै !


सुभाय् संवाददाताJanuary 29, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बुटवल। झण्डै तीन वर्षअघिको बुद्ध जयन्ती समारोहका लागि तयार पारिएको कार्यक्रम स्थल हावाहुरी र पानीले ध्वस्त बनाइदियो । कार्यक्रममा आएका राष्ट्रपति, प्रधानमन्त्रीसहितको विशिष्ट पाहुना टोली भैरहवामै धेरै समय रोकिनुपर्‍‍‍यो ।
हावाहुरीले कार्यक्रम पूरै प्रभावित भयो । त्यतिबेला सरकारले  लुम्बिनीमा पाँच हजार जना अट्ने र एकैपटक ध्यान गर्न मिल्ने सभाहल बनाउने घोषणा गरेका थिए । लुम्बिनीमा अस्थायी संरचना बनाएर खर्च गरिरहने भन्दा स्थायी प्रकृत्तिको अन्तर्राष्ट्रिय ध्यानकेन्द्रसहितको विशाल सभाहल बनाउने घोषणा गरे ।
लुम्बिनीमा अहिले  भव्य सभाहल निर्माण भइरहेको छ । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि अहिले लुम्बिनीमा दक्षिण एसियाकै नमुना बौद्ध ध्यान केन्द्र तथा सभाहल बनिरहेको छ ।
बुद्धजयन्तीको अवसरमा ०७५ बैशाख १८ गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सभाहलको शिलान्यास गरेेेेकी थिईन् । ३२ करोड लगानीमा निर्माण भइरहेको उक्त सभाहल २२ महिनामा सम्पन्न गर्नेगरी झण्डै डेढ वर्षअघि यसक्षेत्रको प्रतिष्ठित निर्माण कम्पनी बाबुल निर्माण सेबाले सम्झौता गरेको थियो ।
सम्झौता गरेको मितिमै निर्माणसक्नेगरी अहिले काम भइरहेको छ । आगामी चैत मसान्तसम्म सक्नेगरी सम्झौता भएको थियो । अहिले करिब ७० प्रतिशत जति काम पूरा भएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक सफिक अहमद खानले जानकारी दिए। उनले आउँदो बुद्ध पूर्णिमाको कार्यक्रम यहीँ स्थानमा गर्न मिल्नेगरी संरचना निर्माण भइरहेको बताए ।
यद्यपि फिनिसिङको सबै काम भने त्यतिबेलासम्म सकिने अवस्था छैन । संरचना निर्माण भएको स्थानमै कार्यक्रम गर्न मिल्नेगरी अहिले काम भइरहेको छ ।
हालैको लगातारको हिउँदे झरी र अत्यधिक चिसोका कारण झण्डै एक महिनाजति ढिलाई भएको निर्माण कम्पनीका प्राविधिक निर्देशन इन्जिनियर सन्तोष अधिकारीले जानकारी दिए । अहिले दैनिक एक सय २० जनासम्म कामदार दुई सिफ्टका काममा खटिएका छन् । उनीहरुमध्ये ५० जना त वेल्डिङको काम गरिरहेका छन् ।
भवनमा प्रयोग गरिने सामग्रीहरु अहिले लुम्बिनीसहित विभिन्न ठाउँमा बनिरहेका छन् । त्यसरी तयार भएका सामाग्रीलाई यहाँ ल्याएर संरचनामा जोडिने छ । सभाहलको छाना कोरियाली प्रविधिमा निर्माण भइरहेको बताइएको छ । अहिले सभाहल, कन्ट्रोलरुम, र दुईवटा शौचालय निर्माणका काम चलिरहेका छन् ।
सभाहलको भवन मात्रै करिब डेढ विगाह क्षेत्रफलमा निर्माण भइरहेको छ । इन्जिनियर अधिकारीका अनुसार यहाँ आठ हजार भन्दा धेरैजना मानिस अट्न सक्छन् । तर, ध्यानकेन्द्र बनाउने भनिएकाले खुला क्षेत्र धेरै छाडेर मात्र पाँच हजार जना बस्नेगरी संरचना बनाइएको छ ।भवनको पूरै ११ हजार स्क्वायरमिटरको क्षेत्र ध्यानकेन्द्र तथा सभा गर्न मिल्ने ठाउँ हो । यसका अतिरिक्त ध्यानकेन्द्र तथा सभाहलको वरपर बुद्धकालिन रुखबृक्ष (कल्पबृक्ष), फलफुलका विरुवासहितको हरियाली बनाइने छ भने बाटो पनि सोही अनुरुपको हुने छ ।सभाहलको निर्माण भएपछि बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अर्को आकर्षक केन्द्र बन्ने लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए।लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन, साधना तथा ध्यान गर्न र लुम्बिनीको प्रबद्र्धनमा समेत यस्ले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा कोषको छ ।
lumbinitimes

सम्बन्धित पोस्ट
  • ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑