• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

‘एमसीसी’लाई संसदअघि केन्द्रीय कमिटी ‘सीसी’मा लगिने


सुभाय् संवाददाताJanuary 21, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

७ माघ, काठमाडौं । स्थायी कमिटीको बैठकले टुंग्याउन नसकेको अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विवादलाई अब नेकपाले केन्द्रीय कमिटी (सीसी) मा लैजाने भएको छ । केन्द्रीय कमिटीको बैठकपछि मात्र यसलाई संसदमा प्रस्तुत गर्ने/नगर्नेबारे टुंगो लगाउने नीति नेकपाले लिएको छ ।
‘अब एमसीसीको प्रस्तावलाई संसदमा प्रस्तुत गर्नुपूर्व केन्द्रीय कमिटीको बैठकमा लगिनेछ’ नेकपाको उच्च स्रोतले  भन्यो, केन्द्रीय सदस्यहरुको धारणा लिएपछि मात्र यसलाई संसदबाट अनुमोदन गर्ने या के गर्ने भन्नेबारे टुंगो लगाइनेछ ।’
अब केन्द्रीय कमिटीले जे म्याण्डेट दिन्छ, सोहीअनुसार अघि बढ्ने नीति लिइएको बताउँदै नेकपा स्रोतले भन्यो, ‘आवश्यक पर्‍यो भने यसलाई संसदमा प्रस्तुत गर्नुपूर्व एमसीसी कम्प्याक्टका केही बुँदा सच्याउनका लागि अमेरिकासँग थप आग्रहसमेत गर्नुपर्ने हुनसक्छ ।’
एमसीसी अमेरिकाको इण्डो प्यासिफिक सैन्य रणनीति अन्तरगत पर्दैन भनेर नेपालस्थित अमेरिकी दूताबासले स्पष्ट पारेता पनि यसबारे केन्द्रीय सदस्यहरुको राय लिएर मात्र अघि बढ्ने नीति नेकपाले लिएको हो । यसैसाता बसेको सचिवायल बैठकले एमसीसीबारे केन्द्रीय सदस्यहरुको राय लिने निर्णय गरेको पार्टीको उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।
गत मंसिर २९ देखि पुस ६ गतेसम्म चलेको नेकपा स्थायी कमिटीको बैठकमा एमसीसीबारे गर्मागर्मी बहस भएको थियो । भीम रावल, देव गुरुङ लगायतका नेताहरुले एमसीसी सम्झौतालाई यहीरुपमा संसदबाट अनुमोदन गर्न नमिल्ने तर्क गरेका थिए । नेपालका राष्ट्रिय कानूनसँग बाझिएको हकमा सम्झौता नै मान्य हुने प्रावधान राखिनु नेपालको सार्वभौमसत्ता विपरीत भएको भन्दै स्थायी कमिटी बैठकमा प्रश्न उठेको थियो ।
गत स्थायी कमिटीको बैठकमा मात्र होइन, नेकपाभित्र माथिदेखि तलैसम्म एमसीसीबारे पक्ष-विपक्षमा नेता-कार्यकर्ताहरु विभाजित भएका छन् ।
स्थायी कमिटी बैठकले एमसीसी सम्झौतामा उल्लेखित कतिपय प्रश्नहरुमा स्पष्ट पार्न अमेरिकासँग आग्रह गर्ने र त्यसपछि सचिवालयले यसबारे निर्णय लिने भनेको थियो ।
यसैसाता नेपालस्थित अमेरिकी दूताबासले विभिन्न १० वटा बुँदाहरु उल्लेख गर्दै एमसीसी सम्झौता इण्डो प्यासिफिक सैन्य रणनीति अन्तरगत नपर्ने स्पष्ट पारेको छ । तथापि सत्तारुढ नेकपाले पछिल्लो अमेरिकी स्पष्टीकरणमा मात्रै भर नपरी यसबारे केन्द्रीय कमिटीमा थप छलफल गर्ने निर्णय लिएको हो ।
त्यसो त अग्नि सापकोटालाई सभामुख बनाउने बेलामा प्रचण्ड र ओलीवीच एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने पूर्वसहमति भएको चर्चा पनि नचलेको होइन । तर, सभामुख चयनको विषयसँग दुई अध्यक्षवीच कुनै गोप्य लेनदेन वा सम्झौता नभएको नेकपा उच्च स्रोतले  बताएको छ । स्रोतले  भन्यो, ‘सापकोटालाई सभामुख बनाउने विषय एमसीसीसँग जोडिएको छैन, बरु यसलाई संसदमा लानुपूर्व सीसीमा लैजाने विषयमा चाहिँ दुई अध्यक्षसहित सचिवालयका नेताहरु एकमत भएका छन् ।’
source:onlinekhabar

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑