• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 15, May, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / खेलकुद

सन्तोषको सय गोलको कीर्तिमान


सुभाय् संवाददाताJanuary 9, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

सन्तोष साहुखल  नेपाली फुटबलको घरेलु लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

बुधबार नेपाल पुलिस क्लबविरुद्ध सन्तोष लगातार दुई खेल गुमाएको दबाबसहित तेस्रो पटक कीर्तिमान बनाउने अवसरसहित मैदान उत्रिए। तेस्रो मौकालाई भने उनले फुत्किन दिएनन्।खेलको १८ औं मिनेटमा गोल गर्दै १०० गोलको कीर्तिमानी बनाए। पुलिसविरुद्धको खेलमा ४९ मिनेटमा दोस्रो गोल गरेका सन्तोष जारी लिगको सर्वाधिक गोलकर्ता समेत हुन्। उनले अहिलेसम्म पाँच गोल गरेका छन्। सन्तोषले कीर्तिमानी गोल गरेको खेल भने २-२ गोलको बराबरीमा सकियो।सन्तोषले भने आफ्नो लक्ष्य १०० गोल गर्नुभन्दा पनि जारी लिगमा सबैभन्दा धेरै गोलकर्ता बन्नु रहेको बताए।उनले आफ्नो सय गोलको खुसी परिवार र फ्यानहरुलाई समर्पित गर्न चाहेको बताए। आफ्नो १०० गोलको रेकर्ड नयाँ खेलाडीले तोडोस् भन्ने उनको चाहना छ। ‘नयाँ आउने खेलाडीले यो रेकर्ड तोड्छु भनेर खेल्नुपर्छ। पहिले दाइहरुको ५० गोल हुँदा म पनि ५० गोल पुर्‍याउछु भनेर खेलेको थिए,’ साहुखलले भने। साहुखलले २०६० मा थ्रीस्टार क्लबबाट आफ्नो ए डिभिजन यात्रा सुरु गरेका थिए। संकटाविरुद्ध खेलमा डेब्यू गरेका उनले आफ्नो पहिलो खेलमै गोल गरेका थिए। आफ्नो पहिलो सिजनमा उनले थ्रीस्टारबाट ६ गोल गरे। २०६६/६७ मा थ्रीस्टारबाटै लिग खेलेका उनले सर्वाधिक १९ गोल गरे। जारी लिग गरेर साहुखलले हालसम्म ११ लिग सिजन खेलिसकेका छन्।नेपाली लिगमा १७ वर्ष बिताइसकेका सन्तोषले थ्रीस्टारबाट सबैभन्दा बढी गोल गरेका छन्। उनले थ्रीस्टारबाट ६६ गोल गरेका छन्। यस सिजनको लिगमा सन्तोषको लक्ष्य सर्वाधिक गोलकर्ता सँगै च्यासललाई लिग जिताएर राष्ट्रिय टिममा फर्कने रहेको छ। पछिल्लो समय भने साहुखल जापानमा बस्दै आएका छन्। जापानमा आफू बच्चाहरुलाई प्रशिक्षण गर्ने र आफैं पनि क्लबबाट खेल्ने उनले बताए। लिग सकेर पुनः जापान फर्किने उनले जनाए।

सन्तोषको नेपाली लिगमा गोल

२०६० – थ्रीस्टार – ६ गोल

२०६१– सशस्त्र प्रहरी – ६ गोल

२०६२– थ्रीस्टार – ९ गोल

२०६३– थ्री‍स्टार – ११ गोल

२०६६/६७– थ्रीस्टार – १९ गोल

२०६८ – मनाङ मर्स्याङ्दी – १६ गोल

२०६९ – थ्रीस्टार – १७ गोल

२०७०– थ्रीस्टार– ९ गोल

२०७५ – च्यासल – ३ गोल

२०७६ – च्यासल – ५ गोल

कुल गोल – १०१ गोल

सम्बन्धित पोस्ट
  • शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ‘जीवन पथ’: नेपाली टेलिभिजनमा कला, संस्कृति र जीवन दर्शनको सिनेमाटिक अभिलेख

    बुद्ध जयन्ती र काठमाडौँ-लुम्बिनी शान्ति साइकल र्‍याली: समृद्ध यात्राको एउटा पाटो

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑