• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 03, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

प्रदेश नं ३ को नामांकन र राजधानीको निर्णयप्रति विरोध ! पार्टीकै सांसदलाई समेत अमान्य !


सुभाय् संवाददाता December 30, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

प्रदेश नं ३ को नाम बागमती तथा स्थायी राजधानी हेटौंडामा राख्ने नेकपा सचिवालयले निर्णय गरेपछि सर्वसाधारणमात्र हैन पार्टीकै सांसदहरुले समेत असहमति जनाएका छन् । यस मुद्दालाई लिएर पार्टीभित्रै विवाद पनि सुरु भएको छ ।
पार्टी सचिवालयको यस निर्णयप्रति असहमति रहेका सांसदहरूबीच अनौपचारिक छलफल भइरहेको र यस निर्णयलाई आफूहरुले कसरी हेर्ने भन्ने विषयमा कुराकानी केन्द्रीत भएको बताइएको छ ।
काठमाडौं उपत्यकाबाट निर्वाचित सांसदहरूले यस निर्णयलाई मान्न नसक्ने बिचार राखेका छन् । सचिवालयको यस निर्णयलाई तुरुन्तै बिरोध गरि प्रतिक्रिया नदिएपनि त्यस निर्णयलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने उपाय खोज्नतिर सांसदहरू सक्रिय भएका छ्न् ।
नाम बताउन नचाहने एक सांसदले भने “हामी ३ नं प्रदेशको संसदीय दलको बैठकमा यसको बिरोध गर्ने छौं ।प्रदेशको नाम नेपालमण्डल हुनुपर्ने र राजधानी काभ्रेमा राख्नुपर्ने प्रस्ताव नैं दर्ता भइसकेको बेला सचिवालयले गरेको निर्णय मान्य हुने छैन ।”
“पार्टीको सचिवालयले गरेको निर्णय मान्न सांसदहरू बाध्य छन् तर पार्टीले सांसदहरूको अधिकार कुण्ठित गर्नु पनि हुँदैन ” उनले भने ।
पार्टीले यस प्रकारको निर्णय कुन आधारमा गरेको भन्ने बारे थाहा पाउन आफूहरुले बेग्लै बैठक बोलाउन तयारी समेत गरेको उनले बताए ।
सचिवालयले गरेको निर्णयविरुद्ध पार्टी भित्र नैं आवाज उठाउन तयारी भइरहएको पनि उनले बताए ।
“दुई तिहाई सांसद राजधानी हेटौंडामा हुनुहुन्न भन्ने पक्षमा छन् । “सांसद विशाल खड्काले भने ।
“यो निर्णय बाध्यकारी हैन ।संविधानले नैं प्रदेशको नामाकरण र स्थायी राजधानी चुन्न सांसदहरूलाई स्वविवेक प्रयोग गर्ने अधिकार दिएको छ । त्यसैले यसमा पार्टीको ह्वीप लाग्दैन” उनले दाबी गरे ।
प्रदेश सांसद चन्द्र लामाले भने “पार्टीले गरेको निर्णय संविधानले दिएको अधिकार विपरीत भएकोले यो निर्णय हामी मान्ने छैनौं !”
अहिले ३ नं प्रदेशको नामांकनक र स्थायी राजधानीको सवालमा पार्टी सचिवालयले नै निर्णय गरेर सोही अनुरुप निर्णय गराउन दवाब दिएको बारे नेकपाको सर्वत्र निन्दा भइरहेको छ । यस प्रकारको निर्णयले पार्टी सांसदहरुको समेत अधिकार हनन् भएको मात्र नभइ पार्टीका मतदाताहरु समेत निकै चिढिएको देखिएको छ ।
प्रदेशको केन्द्रमा हजारौं वर्ष पुरानो   “नेपालमण्डल सभ्यता” रहेको कारण “नेपालमण्डल ”  हुनुपर्ने धेरैको जोड रहेको छ । यो नाम संसदमा दर्ता समेत भइसकेको छ ।त्यसैगरी “नेवा: ताम्सालिङ”को माग पनि चर्को रहेको र यो नाम पनि संसदमा दर्ता भइसकेको छ। त्यसैगरी गौरीशंकर र पशुपति पनि दर्ता भएको देखिन्छ ।
यस्तो अवस्थामा यसरी बिचबाटोबाट प्रदेशको नाम बागमती राख्न र हेटौंडा स्थायी  राजधानी बनाउन नेपाल कम्युनिस्ट  पार्टीले निर्णय गरेकोमा प्रदेशवासीहरु असन्तुष्ट र क्रुद्ध समेत भएका छन् ।

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑