• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 02, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

‘स्वन्ति नखः’मा विमति न्हूदँमा सहमति


सुभाय् संवाददाता October 24, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

सुनील महर्जन
काठमाडौं / नेवाः समुदायमा तिहार पर्व अर्थात् ‘स्वन्ति नखः’ मनाउने विषयमा विवाद देखिएको छ। खासगरी लक्ष्मी पूजा, म्हः पूजा र भाइटीका कात्तिक १०, ११ र १२ गते कि ११, १२ र १३ गते मान्ने भन्ने विषयमा विवाद देखिएको हो।
यसबारे उक्त समुदायका संस्कृतिविद्हरूले नै फरक–फरक तिथि बताएपछि सर्वसाधारण द्विविधामा परेका हुन्।नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य दैवज्ञ जोतिष कीर्तिमदन जोशीले पनि उक्त पर्व १०, ११ र १२ गते मनाउनुपर्ने बताउनुभयो।
उहाँका अनुसार कात्तिक १० गते बिहान ११ः४५ पछि औंसी परेकाले सोही दिन बेलुकी लक्ष्मीपूजा र कात्तिक ११ गते बिहान ९ः४३ पछि प्रतिपदा परेकाले सोही दिन बेलुका म्हःपूजा गर्नुपर्छ भने कात्तिक १२ गते बिहान ७ः५१ पछि द्वितीया परेकाले सोही दिन भाइटीका लगाउनुपर्छ।
काठमाडौंमा परापूर्वकालदेखि नै जनबहालका वज्राचार्य गुरुजुले भनेअनुसार उक्त पर्व मनाइँदै आएको छ। यस्तै भक्तपुरमा तलेजु पुजारी र ललितपुरमा क्वाबहाः अर्थात् हिरण्यवर्ण महाविहारमा गणना गरिने तिथिअनुसार मनाइँदै आएको छ।
काठमाडौंको जनबहालका पुजारी नवीन वज्राचार्यले सूर्योदय परेको तिथिलाई दिनभरि मान्ने चलनअनुसार ११ गतेदेखि १३ गतेसम्म क्रमशः लक्ष्मीपूजा, म्हपूजा र भाइटीका मनाउनुपर्ने धारणा राख्नुभयो।
काठमाडौंको जनबहाल सेतो मच्छिन्द्रनाथको धार्मिक पूजामा गणना गरिने तिथि र परम्परालाई आधार मानेर नेपाल संवत् ११४० न्हुँद समारोह समिति, नेपाल भाषा मंका खलः र नरेशवीर शाक्य अध्यक्ष रहेको मंका खलःले स्वन्ति नखः ११, १२ र १३ गते मनाउन आग्रह गरेको छ।
भक्तपुर र ललितपुरमा क्रमशः तलेजु र हिरण्यवर्ण महाविहारमा गणना गरिने तिथि र सोही आधारमा प्रचलित परम्पराअनुसार १०, ११ र १२ गते स्वन्ति नखः मनाइनेछ।
भक्तपुर तलेजुका मूलपुजारी उमङ्गराज राजोपाध्यायले भन्नुभयो– ‘लक्ष्मी पूजा बेलुकीको पर्व भएकाले र १० गते बेलुका औंसी परेकाले सो दिनमा लक्ष्मीपूजा र ११ गते दिउँसो प्रतिपदा परेकाले सोही दिन बेलुका म्हःपूजा गर्नुपर्छ। साथै १२ गते दिउँसोदेखि नै द्वितीया परेकाले सोही दिन भाइटीका लगाउनुपर्छ।’
भक्तपुर तलेजुका अर्का पुजारी दैवज्ञ कृष्णराज जोशीले स्वन्ति नखः तान्त्रिक विधिसँग सम्बन्धित भएकाले तिथि यताउति गर्न नहुने धारणा राख्नुभयो। पाटनको हिरण्यवर्ण महाविहार गुरुजु चक्रराज वज्राचार्य र दीपक वज्राचार्यको तर्क पनि तलेजुका पुजारीको भन्दा फरक छैन।
न्हुदँ समारोह समिति ललितपुरको आह्वानमा ललितपुरका विभिन्न संघसंस्थाबीच यही कात्तिक १ गते बसेको बैठकले पनि सोही महाविहारको तिथिमिति गणनालाई आधार मानेर १०, ११ र १२ गते नै स्वन्ति नखः मनाउने निर्णय गरेको थियो। बौद्ध विहार संघ, ज्यापू समाज, ताम्रकार समाज, स्यःस्यः समाज, जोशी समाज, नेपाल भाषा मंका खलः ललितपुरलगायत संघसंस्थाले अलगअलग विज्ञप्तिमार्फत यस्तो आह्वान गरेका थिए।
दैवज्ञ, ज्योतिष, अनुसन्धानकर्ता र विभिन्न जातीय समाज र संघसस्थाका प्रतिनिधि सहभागी भएको उक्त बैठकले परम्परा, प्रमाण र शास्त्रीय मतअनुसार १०, ११ र १२ गते स्वन्ति नखः मनाउन आग्रह गरेको थियो।तर संयोजक श्रीकृष्ण महर्जनले भने अहिलेसम्म सबैलाई मान्य हुने निष्कर्ष ननिस्किएको बताउनुभयो।
यद्यपि यो प्रयास पछिका दिनहरूका लागि एउटा नजिर हुने संयोजनकर्ता महर्जनको भनाइ छ।नेपाल भाषामा ‘स्व’ भनेको तीन र ‘ति’ भनेको तिथि अर्थात् तीन तिथिको समयमा मनाउने पर्व भएकाले स्वन्ति नखः भनिएको संस्कृतिविद्हरूले बताए। नेपाल संवत् (११४०) को नयाँ वर्ष कात्तिक १२ गते नै मनाउने विषयमा भने सबै सरोकारवालाहरू सहमत छन्।
यसैबीच काठमाडौं नेवाः समुदायले कात्तिक १३ गते बुधबार भाइटीका गर्न निर्णय गरेको विषयलाई मध्यनजर गर्दै सरकारले उक्त दिन सार्वजनिक बिदा दिने सम्भावना रहेको न्हुदँ समारोह समितिका अध्यक्ष रमेश महर्जनले बताउनुभयो।
काठमाडौंका प्रदेश र संघीय सांसदहरूको एक टोलीले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १३ गते बिदा माग गरेको थियो। उक्त विषयमा प्रधानमन्त्री ओली सकारात्मक रहनुभएका प्रदेश ३ का सांसद अजयक्रान्ति शाक्यले बताउनुभयो।

सम्बन्धित पोस्ट
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा
  • राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    नाडा अटो शो २०२६ सम्पन्न

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑