• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 15, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

लुकाइएको इतिहास : को हुन् सत्यनारायण बहादुर श्रेष्ठ ?


सुभाय् संवाददाता December 29, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / नेवा: पत्रकार राष्ट्रिय दबूको आयोजनामा सत्यनारायण बहादुर श्रेष्ठको आज आइतबार १०४ औं जन्मदिवश मनायो ।
को हुन् त सत्यनारायण बहादुर श्रेष्ठ ? प्रश्न आउन सक्छ ।  उहाँ देशभरका पत्रकारहरुको साझा संस्था, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष हुन् भन्ने दाबी गर्दै नेवा: पत्रकार राष्ट्रिय दबू भन्छ -२००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठको सभापतित्व र तरंग पत्रिकाका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । सोही संस्थालाई पुनर्गठन गरी २०१२ सालमा सभापति बनेका कृष्णप्रसाद भट्टराई कसरी संस्थापक अध्यक्ष भए ? गलत इतिहास कसले रचे ? तथ्य सार्वजनिक भएपनि सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष स्वीकार किन गरिएन ? यी र यस्तै विषयको प्रश्नमा उत्तर खोज्ने प्रयास भएको छ । आज आइतबार उहाँको १०४ औँ जन्मजयन्तीको सन्दर्भमा ललितपुरको मानभवनस्थित आदर्श विद्या मन्दिर (ए.भी.एम) स्कूलमा कार्यक्रम सम्पन्न भयो ।
नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय कार्यसमितिले नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको समन्वयमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ, मधेशी पत्रकार समाजका पदाधिकारी तथा अन्य पत्रकारहरुलाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको छ । दबूले यहि विषयमा प्रेस विज्ञप्ति पनि सार्वजनिक गरेको छ ।
प्रेस विज्ञप्ति
नेपाल पत्रकार संंघको पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघको दोस्रो सभा भयो । २००९ साल वैशाख २८ गते भोटाहिटी स्थित आर्य समाजको भवनको सभाकक्षमा भएको यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघको पुर्नगठन गरेको थियो । यो कार्यसमितिले संचार क्षेत्रलाई प्रभाव पार्ने विभिन्न प्रावधानको विरोध गर्नुका साथै पत्रकार हकहितका सम्बन्धमा मागहरु पनि सरकारसमक्ष पेश गर्‍यो ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा प्रत्रकार संगठित गर्ने अभियानको सांगठनिक शुरुवात गरेका सत्यनारायण बहादुर श्रेष्ठको नाम उल्लेख नगरी संस्थापक अध्यक्षका रुपमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गर्दै राष्ट्रिय आमसंचार प्रशिक्षण प्रतिष्ठान समेत गठनको तयारीले इतिहास मेटिने चिन्ता समाजमा छायो । सरोकारवाला सबैले २००८ सालमा पत्रकार संघ स्थापना गरी पत्रकारहरुको एकताको अभियान अगाडी बढाएका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको नाम मेट्ने प्रयासको विरोध थाले । नेवाः पत्रकार राष्ट्रिय दबूले सशक्त रुपमा सत्यनारायण बहादुर श्रेष्ठको नाम, काम र योगदानको कदर गर्दै यो एतिहासिक तथ्य “नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुन्” भनेर राज्यले, नेपाल पत्रकार महासंघ तथा आम पत्रकारिता जगतले मान दिनुपर्ने आवाज उठाउँदै आएको छ ।
सरकारले कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रतिष्ठान गठनको योजना अगाडी बढाएकोमा पछि कृष्णप्रसाद भट्टराईको नाम हटाएर यो प्रतिष्ठान गठन गर्ने कार्य अगाडि बढायो तर अझै सत्यनारायण बहादुर श्रेष्ठको नाम उल्लेख गर्न गराउन सकेको छैन, उनको कर्मप्रति न्याय हुन सकेको छैन । यो तथ्यलाई अप्रत्यक्षरुपमा स्वीकार गरेपनि प्रत्यक्ष उद्घोष गर्न÷गराउन सकेको छैन ।
नेपालमा राणाशासन समाप्त भएपछि संघ संस्थाहरु गठनको लहरमा पत्रकारहरुको सुविधा, हकहितको संरक्षण लगायतका विषय केन्द्रीत भइ पत्रकारहरुलाई संगठित गर्न २००८ सालमा नेपाल टुडेको सम्पादक सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भयो ।
नेपाल पत्रकार संंघको पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघको दोस्रो सभा भयो । २००९ साल वैशाख २८ गते भोटाहिटी स्थित आर्य समाजको भवनको सभाकक्षमा भएको यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघको पुर्नगठन गरेको थियो । यो कार्यसमितिले संचार क्षेत्रलाई प्रभाव पार्ने विभिन्न प्रावधानको विरोध गर्नुका साथै पत्रकार हकहितका सम्बन्धमा मागहरु पनि सरकारसमक्ष पेश गर्‍यो ।
यसको चार वर्षपछि २०१२ सालको चैत्र १६ गते पत्रकारहरुको अर्को बैठकबाट नेपाल पुकारका सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुर्नगठन गरियो र यही तथ्यलाई पहिलो घटनाका रुपमा ब्याख्या गरी सत्यनारायण बहादुर श्रेष्ठको योगदान मेट्ने प्रयास भएको छ ।
नेपाल पत्रकार संघका संस्थापक अध्यक्ष/सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् । अगाडीको घटना वा इतिहास मेटेर पछाडीको घटनालाई संस्थापकको रुपमा स्थापित गर्ने यो प्रयास गलत हो । समाजको सकारात्मक रुपान्तरणमा जिम्मेवार पत्रकारिता जगतले जिम्मेवार भएर आफ्नो मूल संगठन नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको पहिचान गरोस्, मान गरोस् र महासंघको स्थापना चैत्र १६ गते मनाउने गलत परम्परा र प्रवृत्ति त्यागोस्, यही आवाजका साथ आजको दिन नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०४ औं जन्म जयन्ती मनाउँदै यो परम्पराको थालनी गरेका छौं ।
सुरजवीर बज्राचार्य
अध्यक्ष
साथै पत्रकार दबूले संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको उचित सम्मानको लागि समेत आवाज उठाएको छ ।
तस्बिर: नेवाः सुचना केन्द्र

सम्बन्धित पोस्ट
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑