• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

भक्तपुरमा ३२९ वर्ष पुरानो नगरा पुनःस्थापना गरियो


सुभाय् संवाददाताDecember 26, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १९ मिनेट

भक्तपुर/भक्तपुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु मन्दिर परिसरमा रहेको ३२९ वर्ष पुरानो दुईवटा ठूलो ऐतिहासिक नगराहरूलाई सिद्धिलक्ष्मी मन्दिर अगाडिको ताहा सत्तल (तबा सत्तल) मा बिहीबार पुनःस्थापना गरियो । भक्तपुर नगरपालिकाको तर्फबाट मर्मत सम्भार गरिएको ती नगराहरूलाई पुस १० गते दरबार क्षेत्रमा आयोजित एक कार्यक्रमबीच ताहा सत्तल (तबा सत्तल) को पहिलो तल्लाको पश्चिमी भागमा सुरक्षित रुपमा पुनःस्थापना गरिएको हो ।

नगरा पुनःस्थापना कार्यक्रममा सम्बोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ३२९ वर्ष पुरानो नगराको विषयमा नयाँ पुस्तालाई थाहा दिन पहिलेकै ठाउँमा पुनःस्थापना गरिएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले राजा जितामित्रको पालामा तलेजु भवानीलाई चढाइएको नगरा पुनःस्थापना गर्नुका साथै सुरक्षित राखी नगरा बजाउने व्यवस्था गरी यसलाई जीवन्तता प्रदान गर्ने सोच रहेको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पुर्खाले छोडेको सम्पत्ति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुको औचित्यबारे प्रस्ट पार्नुहुँदै ऐतिहासिक नगराहरूको उचित उपयोगको आवश्यकता औंल्याउनुभयो ।

दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख सरस्वती सिंहले लामो समयदेखि तलेजु परिसरमा रहेका नगराहरू विगतमा ताहा सत्तलमा राखिएको इतिहास भएको उल्लेख गर्दै आन्तरिक र बाह्य पर्यटकहरूको लागि नगराको विषयमा जानकारी दिनु आवश्यक भएको बताउनुभयो ।

संस्कृतिकविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले धार्मिक र सांस्कृतिक जीवनको झलक दिने ऐतिहासिक नगराको महत्वबारे प्रस्ट पार्नुहुँदै भक्तपुरको मूर्त–अमूर्त सम्पदा संरक्षणमा नगरपालिकाले अग्रणी भूमिका खेलेको चर्चा गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले लामो इतिहास बोकेका नगराहरूलाई भक्तपुर नपाले पुनःस्थापित गर्ने कार्य गरिरहेको बताउनुहुँदै भ्रमण वर्षको अवसरमा भक्तपुर नगरपालिकाले पुस १५ गते गते सन्ध्याकालीन पदयात्रा र पुस १६ (जनवरी १) मा प्रभातफेरी कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य, पुरातत्व विभागका पुरातत्व अधिकृत मोहनसिंह लामा, प्रहरी उपरीक्षक सबिन प्रधान, वीरदल गणका लेनिन रोक्कामगर, इतिहासविद् प्रा. विश्वमोहन जोशी, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालालगायतको उपस्थिति रहेको थियो । नेपाली सेनाको सहयोगमा नगरालाई ताहा फल्चामा पुनःस्थापित गरिएकोे थियो ।

Source:Bhaktapur khabar

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑