काठमाडौं /सुकेधारामा बसको ठक्करले एक व्यक्तिको मृत्युभएपछि पशुपति क्याम्पस चावहिल क्षेत्र तनावग्रस्त बनेको छ ।
सोमबार ,चाबहिल मित्रपार्कमा भक्तपुर बस समितिको एक बस जलाइ दिएपछि उक्त क्षेत्र , चाबहिल – गौशाला सडक केही समय अवरुद्ध भएको छ । सुकेधारामा तीब्र गतिमा आएको बसले पशुपति क्याम्पसमा BBs 4rt year मा अध्ययनरत विद्यार्थी सृष्टि पन्त सख्त घाइते हुनेगरी ठक्कर दिएको र पछि उनको निधन भएको थियो । लापरबाहीपूर्ण तरीकाले बस चलाइ दुर्घटना गराएको बिरोध र आवेशमा विद्यार्थीहरुले भक्तपुर बस समितिको एक बस तोडफोड र अर्कोमा आगो लगाइ दिएको कुरा प्रत्यक्षदर्शीले बताएको छ । तनाव बढेपछि स्थिति सामान्य पार्न घटनाले उग्र रुप लिन नदिन पशुपति क्याम्पस वरिपरि प्रहरी बल तैनाथ गरिएको छ ।
फोटो :जलद वैद्य
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५