काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ ।
अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका छन् ।नेपाली समय अनुसार, पुष ३ , 19, Dec 2019,बिहीबार, बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।
महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो ।
अब माथिल्लो सदनमा पनि यसबारे सुनुवाइ हुनेछ जहाँ रिपब्लिकनहरुको बहुमत छ ।
सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मतदान अघि तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ मा तातो बहस भएको थियो ।
बहसको सुरुमा बोल्दै सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्प प्रजातन्त्र र राष्ट्रिय सुरक्षाका लागि खतरनाक भएकाले महाभियोग लगाउनुको विकल्प नभएको जिकिर गरेका थिए ।
तल्लो सदनबाट त्यो प्रस्ताव पारित भएसँगै ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन् ।राष्ट्रपति ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र युक्रेनी समकक्षीसँग गरेको कुराकानीबारे संसद्ले गरेको अनुसन्धानमा व्यवधान खडा गरेको आरोप छ ।
विगतमा दुईजना राष्ट्रपति बिल क्लीन्टन र एन्ड्रिउ जोन्सन विरुद्ध महाभियोग लगाइएको थियो । (एजेन्सी)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५