अंशुवर्मा शिवदेवका भानिज
अंशुवर्मा शिवदेवका ज्वाइँ
प्रथम लिच्छवि महाराजधिरा
शिवदेव भिक्षु भएर विहारमा बस्न गएको
( त्यतिबेला सत्तामा रहेका राजा नाम मात्रको हुने गुप्त आभिरहरु शक्तिशाली /)
लिच्छवि राजा शिवदेव र अंशुवर्माको दुइ किसिमको नाता उल्लेख गरेको देखिन्छ कुनै इतिहासकारले भानिज उल्लेख गरेका छन् कुनैले ज्वाइँ । दुबै नाता जोडेर हेर्दा ससुरा ज्वाइँ र भानिज दुबै हुन सक्ने संभावना देखिन्छ । केही मतवाली जात तथा केही ठ्कुरीहरुमा समेत मामाचेली फूपू चेली बिहा गर्ने चलन रहेको छ । त्यसैगरी शिवदेवले भानिजसँगै छोरी बिहा गरेर ज्वाइँ बनाएको हुन सक्छ । किन कि शिवदेवलाई त्यतिबेलाका गुप्त आभिरहरुबाट शक्ति आफ्नो हातमा पार्नु थियो । अंशुबर्मा चतुर राजनीतिज्ञ भएको उनले जानिसकेको थियो । सोही योजना अनुरुप शक्तिमा ल्याइएका अंशुबर्मा गुप्त आभिरहरुभन्दा निकै शक्तिशाली बने सर्वेसर्वा भएर देखापरे उनी “श्रीसामन्त”, “श्रीमहासामन्त” हुँदै लिच्छवि राजाहरुले पहिले कसैले पनि नलिएको “महाराजधिराज” पदवी पनि धारण गरे।
ई.सं. ६०४ मा शिवदेवले गद्दी त्याग गरि भिक्षु भएर विहारमा बस्न थालेपछि ई.सं. ६०५ देखि अंशुवर्माले विधिवत शासनाधिकार आफ्नो हातमा लिइ शासन गरेको देखिन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५