५० औं स्वर्ण सनिललाई , फूटबल स्वर्णको छाँयामा बक्सिङको स्वर्ण
सुभाय् संवाददाताDecember 10, 2019 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
काठमाडौं। नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको अन्तिम दिन बक्सिङमा ५० औं स्वर्ण जितेको छ । ६० किलो तौल समूहमा नेपाली मुक्के बाज सनिल शाहीले स्वर्ण जितेेका हुन् । तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । उनले भारतीय खेलाडी बिरेन्द्र सिंहलाई पराजित गरी स्वर्ण जितेेेका थिए।