• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / खेलकुद

दक्षिण एसियालाई एकजुट बनाउँदै साग


सुभाय् संवाददाताDecember 1, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

प्रजित शाक्य

काठमाडौँ, मङ्सिर १५ गते । खेलकुद विश्वलाई एकजुट पार्ने सबभन्दा सजिलो माध्यम हो भनिन्छ । त्यसैले त ब्यारोन पियरे डी कुबर्टिनले विश्वलाई एकै थलोमा अनुभव गर्ने सपना आधुनिक ओलम्पिकमार्फत साकार गर्नुभयो; जुन खेलकुद निकै प्रभावकारी बन्यो र त्यसपछि क्षेत्रीय खेलकुदहरू हुन थाले । दक्षिणपूर्वी एसिया र पश्चिम एसियाका आआफ्नै क्षेत्रीय खेलकुद प्रतियोगिता छन् । यही स्वरूपमा दक्षिण एसियाका सात राष्ट्रबीच दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने गर्छ ।
दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने सोही दक्षिण एसियाली खेलकुद (साग)को १३औँ संस्करण नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा आइतबार सुरु हुँदै छ । यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ तीन घण्टा १४ मिनेटको उद्घाटन समारोह हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै १३औँ साग सुरु भएको घोषणा गर्नुहुने छ ।
दक्षिण एसियाली महाद्वीपका राष्ट्रहरूको दृष्टिमा रहने यो खेलकुद मेलालाई राष्ट्रको सम्पन्नता, वैभव र समृद्धि देखाउने अवसरका रूपमा पनि लिइन्छ । त्यसैले उद्घाटन समारोह भव्य गर्ने तयारी भइरहेको छ । उद्घाटन समारोहमा १५ हजार कलाकारले विभिन्न प्रस्तुति दिने बताइएको छ । एसियाली खेलकुद नेपालमा तेस्रो पटक आयोजना हुँदै छ । साग खेलकुदमा नेपालको सबभन्दा ठूलो उपलब्धि काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौँ साफ हो । सो संस्करणमा नेपालले स्वर्ण पदक मात्र ३१ वटा हासिल गरेको थियो । नेपालले सो समय पदक तालिकामा भारतपछाडि दोस्रो स्थानमा आफूलाई उभ्याएको थियो । पहिलो संस्करणमा नेपालले चार स्वर्ण पदक जितेको थियो ।
सागमा भारतले सबै संस्करणमा अङ्क तालिकामा शीर्ष स्थान बनाउँदै आएको छ । यस पटक पनि भारतले नै अङ्क तालिकामा दबदबा बनाउने अनुमान गरिएको छ । भारत दक्षिण एसियाली क्षेत्रमा खेलकुदमा महाशक्ति राष्ट्र हो । हुन त यसपालि भारतले दक्षिण एसियाली खेलकुदमा त्यति चासो देखाएको छैन । कराँते, फुटबल र क्रिकेटजस्ता खेलमै भारतको सहभागिता छैन । तर यस पटक पनि उसलाई अन्य राष्ट्रले चुनौती दिने अपेक्षा गरिएको छैन । घरेलु टिम नेपाललाई अङ्क तालिकाको दोस्रो स्थानमा रहने आशा गरिएको छ; जुन सही पनि छ । घरेलु भूमि र दर्शकको ऊर्जाबीच यो लक्ष्य असम्भव छैन ।
यद्यपि नेपालका लागि यो लक्ष्य सहज हुने छैन । पाकिस्तान र श्रीलङ्काले नेपाललाई यो स्थानमा पुग्न नदिन हरसम्भव प्रयास गर्ने छन् । अझ नेपालले घरेलु मैदानमा भएको आठौँ साफपछि दोस्रो स्थान हासिल गर्न सकेको छैन । तर अङ्क तालिकामा दोस्रो स्थानको आशामा नेपालले सागमा सबभन्दा बढी ५९६ खेलाडीलाई समावेश गरेको छ । नेपालपछि सबभन्दा ठूलो टिम श्रीलङ्का (५६४) रहेको छ । यसैगरी भारतले ४८७, बङ्गलादेशले ४७०, पाकिस्तानले २६६ र माल्दिभ्सले २१६ जना खेलाडी नेपाल पठाएका छन् । खेलाडीको सबभन्दा सानो टोली भुटान (११६) को छ । सागमा खेलाडी, रेफ्री र अफिसियल तथा अन्य प्रतिनिधि गरी पाँच हजारको सहभागिता रहने छ ।
नेपालले समावेश सबै २८ (बिच भलिबल र थ्री बाई थ्री बास्केटबलसहित) खेलमा प्रतिस्पर्धा गर्ने छन् । राष्ट्रिय टिम तयार समितिका सचिव महेन्द्र राईले ३२४ स्वर्ण, ३२४ रजत र ४८७ कांस्य पदक गरी ११३५ पदकका लागि प्रतिस्पर्धा हुने बताउनुभयो । सन् २०१६ मा भारतको गुवाहाटी–सिलोङबाट आयोजनाको झण्डा बोकेको नेपाल तीन पटक मिति सारेपछि प्रतियोगिता गर्न तयार भएको हो । यस प्रतियोगिताका लागि नेपालले करिब साढे चार अर्ब रुपियाँ खर्च गरेको छ ।
ठूला खेलकुद मेलालाई सफल र आकर्षक बनाउन लोगो र मस्कटले पनि ठूलो भूमिका खेल्ने गर्छ । १३औँ सागमा कृष्णसारलाई मस्कटका रूपमा प्रयोग गरिएको छ । यसैगरी लोगोमा राखिएको परेवाको आकृति एवं त्यसमा प्रयुक्त रङले शान्ति दर्शाउँछ । साथै त्यसको पृष्ठभूमिका रहेको सोही रङको रेखाले स्वच्छन्द रूपमा उँभोतर्फ उडिरहेको परेवाको पखेटा र हाम्रो देशको प्रतिनिधित्व गराउने हिमालको अर्थ दिन्छ । देब्रेतर्फ राखिएको प्वाँखाकृतिले परेवारूपी आकृतिलाई माथि उड्न गति प्रदान गरेको छ । प्वाँखरूपी सात आकृतिले सात सदस्यराष्ट्रको प्रतिनिधित्व गरेका छन् । सात प्वाँखले रङ्गशालाको ट्र्याकलाई समेत दर्शाउने र त्यसको प्रयुक्त रङले सम्बन्धित राष्ट्रको झन्डाको समेत प्रतिनिधित्व गर्ने बताइएको छ । यसैगरी लोगोमा राखिएका अक्षर र अङ्कले सागको १३औँ संस्करण, सागको पूर्व नाम, वर्ष र स्थान जनाएका छन् ।
साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि करिब २२ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी १४ हजार, सशस्त्र प्रहरी छ हजार, विशेष प्रहरी करिब दुई हजार र सेना गरी यतिको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । पोखरा र जनकपुरमा स्थानीय सुरक्षा निकायबाट थप सुरक्षाकर्मी परिचालन हुने छन् । राष्ट्रिय खेलकुद परिषद्ले हजारौँको सङ्ख्यामा स्वयंसेवक खटाएको छ ।

courtesy : gorakhapatra

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑