• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 22, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित


सुभाय् संवाददाता November 22, 2026 मा प्रकाशित (८ घण्टा अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

अस्ट्रेलिया। नइ एकेडेमी अस्ट्रेलियाले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सञ्चार, मानवीय सेवा, सामुदायिक विकास तथा खेलकुदलगायतका क्षेत्रमा योगदान पुर्‍याउने सुभाय पोस्ट डटकमका अतिथि सम्पादक राजु मानन्धरसहित १४ जनालाई विभिन्न विधामा ‘नइ पुरस्कार २०२६’ प्रदान गरेको छ।

एक विशेष समारोहबीच प्रदान गरिएको पुरस्कारमा साहित्य, सङ्गीत, सञ्चार, मानवसेवा तथा खेलकुदलगायतका क्षेत्रका व्यक्तित्व र संस्थाहरू सम्मानित भएका छन्।

पुरस्कारअन्तर्गत नइ एक्सिलेन्स अवार्डबाट डा. कृष्ण हमाल, भरत नेपाल र सञ्जीवकुमार शर्मा सम्मानित भएका छन्। त्यसैगरी नइ पारिजात तथा प्राइड अवार्ड साहित्यतर्फ डा. राजु मानन्धर, प्रकाश पन्थी, प्रकाश पौडेल र उषाकिरण बरिया पोखरेललाई प्रदान गरिएको छ।

 

विशेष सम्मानअन्तर्गत सञ्चार तथा मिडिया क्षेत्रबाट डा. भरत पौडेल र मानवसेवातर्फ आचार्य राजन शर्मा सम्मानित भएका छन्।

संस्थागततर्फ मानव सेवा आश्रम अस्ट्रेलियालाई एक हजार अस्ट्रेलियन डलर राशिको ‘नइ मानवसेवा पुरस्कार’ प्रदान गरिएको छ। त्यस्तै नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया इन्क (NAWA) लाई पनि संस्थागत सम्मान प्रदान गरिएको छ।

सङ्गीत, समुदाय तथा खेलकुद क्षेत्रबाट निशा केसी, उदाउँदा सङ्गीतकर्मी ‘तिखतारी’, सामुदायिक विकासतर्फ राजकुमार भण्डारी तथा यू–१८ क्रिकेटतर्फ अदीष अर्याल पुरस्कृत भएका छन्।

नइ एकेडेमी अस्ट्रेलियाकी संस्थापक तथा अध्यक्ष सीमा रोशीका अनुसार सन् २०२६ एकेडेमीका लागि विशेष उपलब्धि र गौरवको वर्ष बनेको छ। समाजमा सकारात्मक परिवर्तनका लागि योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो।

नेपाली भाषा, साहित्य, कला, संस्कृति र समाजसेवाका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्दै अस्ट्रेलियामा नेपाली समुदायको पहिचान, सिर्जना र सामाजिक योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको हो।

‘नइ पुरस्कार २०२६’ बाट सम्मानित सम्पूर्ण व्यक्तित्व तथा संस्थाहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।

 

सम्बन्धित पोस्ट
  • नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत
  • राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व
  • जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास
  • जनबहालमा आयुताहुति महायज्ञ जारी : वज्रयान परम्पराअनुसार पूजा, पाठ र होम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत

    सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित

    राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व

    जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास

    जनबहालमा आयुताहुति महायज्ञ जारी : वज्रयान परम्पराअनुसार पूजा, पाठ र होम

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    उत्पादन घटे पनि लक्ष्मीपूजामा ५८७ मेगावाट बिजुली निर्यात

    जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् पोस्ट बिशेष

    नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत

    सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित

    राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व

    जनबहालमा आयुताहुति महायज्ञ जारी : वज्रयान परम्पराअनुसार पूजा, पाठ र होम

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑