• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 02, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

“नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो


सुभाय् संवाददाता November 2, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : ७ मिनेट
१४ कार्तिक,काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाह”बालेन”ले नेवा: सभ्यता, इतिहास, संस्कृति, वास्तुकला र परम्परागत ज्ञानको अध्ययन गर्न ‘नेवा: विश्वविद्यालय’ स्थापनाको प्रस्तावलाई नीतिगत रूपमा अघि बढाउन सहमति जनाइसकेपछि यसको स्थापनाको प्रकृया अगाडी बढेको जानकारी प्राप्त भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रधानमन्त्री शाहसमक्ष नेवा: विश्वविद्यालय स्थापनाको प्रस्ताव लैजाँदा प्रधानमन्त्रीको तर्फबाट आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाउन भनिसकेको जानकारी पनि दिइएको छ।
नेपाल संवत्लाई सरकारी कामकाजमा पूर्ण कार्यान्वयन गराउन र ‘नेवा: विश्वविद्यालय’ स्थापना गर्न माग गर्दै नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिका प्रतिनिधि तथा नेवा: अभियन्ताहरू मन्त्री श्रेष्ठलाई भेट्न मन्त्रालय पुगेका थिए।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला सभापति राजा शाक्यको सहजीकरणमा भएको भेटघाटमा नागरिक अधिकारकर्मी मल्ल के. सुन्दर, सुजीव बज्राचार्य, उमेश स्थापितलगायतका अभियन्ताहरूको उपस्थिति रहेको थियो।
भेटका क्रममा विश्वभरका अध्ययनकर्ता तथा अनुसन्धानकर्ताहरू नेपाल आएर नेवा: सभ्यता, इतिहास, संस्कृति, वास्तुकला र परम्परागत ज्ञानको अध्ययन गर्न उत्सुक रहने गरेकाले यस्तो विश्वविद्यालयको स्थापना अत्यन्त महत्त्वपूर्ण र बहुआयामिक हुने बताइएको छ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा विकसित नेवा: सभ्यता, नेपालभाषा, प्राचीन अभिलेख तथा मौलिक ज्ञानलाई शैक्षिक पाठ्यक्रम र उच्च अनुसन्धानसँग जोड्न सके भावी पुस्ताका लागि सांस्कृतिक सम्पदाको संरक्षणमा ऐतिहासिक योगदान पुग्ने धारणा अभियन्ताहरूले राखेका छन्। प्रधानमन्त्री शाहको सहमति र मन्त्री श्रेष्ठको अग्रसरतापछि अब विश्वविद्यालय स्थापनाका लागि आवश्यक प्रारम्भिक अध्ययन, नीतिगत छलफल, सम्बन्धित मन्त्रालयहरूसँगको समन्वय र कानुनी प्रक्रिया द्रुत गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ
सम्बन्धित पोस्ट
  • नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार
  • काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    सुभाय् पोस्ट बिशेष

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑