काठमाडौं / अन्तर्राष्ट्रिय शान्ति पदयात्रा ‘A Walk For Peace, USA’ का अन्तर्राष्ट्रिय ख्यातिप्राप्त शान्ति पदयात्री श्रद्धेय भिक्षु पन्यााकर महास्थविर नेपाल आउनुहुने भएको छ। उहाँको नेपाल आगमनको अवसरमा स्वागत तथा सम्मानसँगै ‘Elevate Buddhist Journal’ को परिचयात्मक कार्यक्रम आयोजना गरिने भएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र थेरवाद बुद्धिस्ट एकेडेमी, विश्व शान्ति विहारको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। आयोजकका अनुसार नेपालमा बौद्ध दर्शन , र विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले शान्ति पदयात्रामा सहभागी भिक्षु पन्याकर महास्थविरको स्वागत तथा सम्मान गर्न लागिएको हो।
कार्यक्रममा ‘Elevate Buddhist Journal’ का बारेमा समेत परिचय प्रस्तुत गरिनेछ। बौद्ध दर्शन, बुद्धका शिक्षासँगै विश्व शान्ति र मानवीय मूल्यका विषयलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त जर्नल अघि बढाइएको आयोजकले जनाएको छ।
कार्यक्रम २०८३ असोज २३ गते शुक्रबार (९ अक्टोबर २०२६) दिउँसो १ बजे डीएभी स्कुल, बुद्ध हल , जावलाखेल, ललितपुरमा आयोजना हुनेछ।
‘पञ्चावत्तंस अयं धम्मो’ भन्ने बौद्ध आदर्शलाई मूल भाव बनाइएको कार्यक्रममा बौद्ध धर्म तथा दर्शनसँग सम्बन्धित व्यक्तित्व, भिक्षु–भिक्षुणी, अभियन्ता तथा शुभेच्छुकहरूको सहभागिता रहने आयोजकले जनाएको छ




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५