‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
काठमाडौं । नेपालभाषा एकेडेमिले प्रा.प्रेमशान्ति तुलाधरद्वारा लिखित परिमार्जित ‘नेपालभाषा साहित्यया इतिहास’ कृतिको सार्वजनिक गरेको छ।
एकेडेमियाका चान्सलर मल्ल के. सुन्दरको सभापतित्वमा आयोजित कार्यक्रममा एकेडेमियाका संरक्षक यज्ञरत्न धाख्वा तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य–सचिव राम मादेनले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गर्नुभएको हो ।
कार्यक्रममा प्रा.डा. राजनलाल जोशीले ‘नेपालभाषा साहित्यया इतिहास’ कृतिको समीक्षा प्रस्तुत गर्नुभएको थियो। समीक्षाका क्रममा उहाँले नेपालभाषा साहित्यको विकासक्रम, इतिहास र साहित्यिक योगदानलाई समेट्ने यस कृतिको महत्वबारे चर्चा गर्नुभयो ।
सो अवसरमा प्रा. नर्मदेश्वर प्रधान तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्रतिसरा सायमीले कृतिका लेखक प्रा.प्रेमशान्ति तुलाधरलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा एकेडेमिका भाइस चान्सलर डा.पुष्पराज राजकर्णिकारले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कृतिका लेखक प्रा. प्रेमशान्ति तुलाधरले पुस्तक लेखन तथा परिमार्जनका क्रममा प्राप्त अनुभव र कृतिको उद्देश्यबारे आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन सदस्य सचिव महेन्द्रगोपाल कर्माचार्यले गर्नुभएको थियो।
नेपालभाषा साहित्यको इतिहासलाई अभिलेखीकरण गर्दै यसको विकासक्रम, साहित्यकार तथा विभिन्न कालखण्डका साहित्यिक गतिविधिलाई अभिलेखका रूपमा प्रस्तुत गर्ने उद्देश्यले कृति तयार पारिएको बताइएको छ ।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५