• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक


सुभाय् संवाददाता September 22, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

प्रसिद्ध उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष वन्दना राणाको विशेष पहलमा निर्माण गरिएको आध्यात्मिक एवं सांस्कृतिक महत्व बोकेको ‘शिव ताण्डव’ म्युजिक भिडियो आइतबार ललितपुरस्थित पाटन संग्रहालय परिसरमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ‘शिव ताण्डव’ म्युजिक भिडियोको औपचारिक विमोचन गरेका हुन्। समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष उपेन्द्र महतो, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, उद्योगी–व्यवसायी, कूटनीतिज्ञ तथा संगीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं सांस्कृतिक वातावरणबीच सम्पन्न कार्यक्रममा वक्ताहरूले ‘शिव ताण्डव’ले नेपाली कला, संगीत र आध्यात्मिक परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा म्युजिक भिडियो निर्माणको अवधारणा, यसको सांस्कृतिक सन्देश तथा कलात्मक पक्षबारे समेत चर्चा गरिएको थियो।
भव्य समारोहबीच सार्वजनिक गरिएको ‘शिव ताण्डव’ म्युजिक भिडियोले भगवान शिवको ताण्डव स्वरूप, वैदिक दर्शन तथा सनातन संस्कृतिको गहिरो भावलाई आधुनिक प्रस्तुति र उत्कृष्ट दृश्य संयोजनमार्फत दर्शकसमक्ष प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

 

सम्बन्धित पोस्ट
  • येँया (इन्द्रजात्रा) को तयारी तीव्र : २५ वर्षदेखि रोकिएको मुआली बाजा यस वर्ष पुनः बजाइने
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑