• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान


सुभाय् संवाददाता September 21, 2026 मा प्रकाशित (३ मिनेट अघि) अनुमानित पढ्ने समय : १२ मिनेट

ढुंगे बजार र पुरानो त्रिशूली बजारका परिवारलाई खाना पकाउने ग्यास वितरण, अब २० वटा घर निर्माणको तयारी

रन्जना श्रेष्ठ,नुवाकोट । अखिल नेपाल भिक्षु महासंघको संयोजन तथा थाइल्याण्डस्थित  Buddha Dhammalaya Phuket Thailand, नेपालका विभिन्न बिहार, बौद्ध संस्थाहरू तथा देश–विदेशका दानीदाताको सहभागितामा सञ्चालित राहत अभियानअन्तर्गत विदुर नगरपालिका–१ को ढुंगे बजार र पुरानो त्रिशूली बजारका बाढीपीडित परिवारलाई खाना पकाउने ग्यास भरिएका सिलिन्डर वितरण गरिएको छ। यस पटकको राहत बितरण कार्यमा सत्य सनातन मैत्री संघ पनि यस राहत कार्यमा जोडिएको छ ।

वडा नं. १ का वडाअध्यक्ष लेनिन रञ्जितसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा बाढीका कारण घरबार, जीविकोपार्जन र दैनिक जीवन प्रभावित भएका परिवारलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको हो। बाढीपछि अस्थायी बसोबासमा रहेका परिवारका लागि खाना पकाउने ग्यास अत्यन्त आवश्यक सहयोगका रूपमा पुगेको भन्दै स्थानीयवासीले अभियानको प्रशंसा गरेका छन्।

राहत कार्यक्रमका संयोजक भिक्षु मेधंकर स्थविरका अनुसार यो राहत अभियानको तेस्रो चरणअन्तर्गतको कार्यक्रम हो। यसअघि दुई चरणमा त्रिशूली वारिपारिका बाढीपीडित परिवार तथा त्रिशूली, विदुर, देवीघाट र कोलोनी क्षेत्रमा सञ्चालन गरिएका अस्थायी शिविरमा रहेका प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको थियो।

पहिलो र दोस्रो चरणमा प्रभावित परिवारको आवश्यकता अनुसार दुई समूह बनाएर राहत वितरण गरिएको थियो। त्यस क्रममा भान्साका सामान, लत्ताकपडा, औषधि तथा दैनिक जीवनयापनमा आवश्यक अन्य सामग्री पीडित परिवारलाई उपलब्ध गराइएको थियो। प्रभावित क्षेत्रको अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै राहत सामग्री वास्तविक पीडितसम्म पुर्‍याउने प्रयास गरिएको आयोजकले जनाएको छ।

राहत तथा मानवीय सेवा अभियानमा अखिल नेपाल भिक्षु महासंघका पूर्व अध्यक्ष तथा त्रिशूलीमै जन्मिएका वरिष्ठ भिक्षु मैत्री महास्थविरले समेत अस्वस्थताका बाबजुद कठिन यात्रा गरी त्रिशूली पुगेर राहत वितरण तथा स्थलगत अवस्थाको अवलोकन गरेका थिए। कार्यक्रममा थाइल्याण्डबाट आएका विशिष्ट बौद्ध भिक्षुहरू, नेपाली भिक्षुहरू तथा विभिन्न देशबाट आएका विदेशी भिक्षुहरूको समेत सहभागिता रहेको थियो।

राहत वितरण कार्यक्रममा सहभागी भिक्षु मेधंकर स्थविरले बाढीपीडित नागरिकको पीडामा थोरै भए पनि मल्हम लगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। “यसपटक वितरण गरिएको खाना पकाउने ग्यास अत्यन्त आवश्यक सहयोग भएको भन्दै स्थानीयवासीले सराहना गर्नुभएको छ,” उनले भने, “विपद्को समयमा पीडित परिवारलाई तत्काल राहत पुर्‍याउनु हाम्रो पहिलो दायित्व हो।”

राहत अभियानको व्यवस्थापन तथा प्रचार–प्रसारको जिम्मेवारी सम्हालिरहेका सञ्चारकर्मी महर्जन रत्नका अनुसार प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गर्न तथ्याङ्क संकलनको कार्यसमेत निरन्तर भइरहेको छ। उनका अनुसार राहत वितरणलाई प्रभावकारी, पारदर्शी र आवश्यकतामा आधारित बनाउन बाढीपीडित परिवारहरूको अवस्था, क्षतिको विवरण तथा तत्काल आवश्यक सहयोगबारे जानकारी संकलन गरिँदैछ।

“राहत वितरणलाई एकपटकको कार्यक्रममा सीमित नराखी आवश्यकता अनुसार आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने तयारी भइरहेको छ,” महर्जनले भने, “पीडित परिवारको वास्तविक अवस्था अध्ययन गरी दानीदाता तथा सहयोगी संस्थासँग समन्वय गरेर थप सहयोगका कार्यक्रम अघि बढाइनेछ।”

मेधंकर स्थविरका अनुसार राहत अभियान केवल सामग्री वितरणमा सीमित रहने छैन। स्थानीय सरकारसँग सहकार्य गरी अत्यन्त प्रभावित परिवारका लागि २० वटा साना आवास निर्माण गर्ने योजना समेत अघि बढाइएको छ। यसका लागि आवश्यक सहयोग गर्न विभिन्न दानीदाता तथा सहयोगी संस्थाहरू सकारात्मक रहेको र प्रारम्भिक तयारी सुरु भइसकेको उनले जानकारी दिए।

थाइल्याण्डस्थित Helping Hands तथा Dhammakaya Center Thailand ले नेपालका विपद्पीडित क्षेत्रमा राहत वितरण गर्नुका साथै विभिन्न सामाजिक, शैक्षिक तथा आध्यात्मिक गतिविधिमा निरन्तर सहयोग गर्दै आएका छन्। यस अभियानमार्फत पनि नेपालका बाढीपीडित नागरिकप्रति अन्तर्राष्ट्रिय बौद्ध समुदायको सहानुभूति, सहयोग र ऐक्यबद्धता अभिव्यक्त भएको सहभागीहरूको भनाइ छ।

“तपाईंको थोरै सहयोगले पीडामा परेकाहरूलाई अलिकति भए पनि राहत महसुस हुन्छ,” भन्ने मानवीय भावनाका साथ सञ्चालन गरिएको यस अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण दानीदाता, सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा खटिएका स्वयंसेवकहरूप्रति आयोजकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

अखिल नेपाल भिक्षु महासंघ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको सहभागितामा सञ्चालित यस राहत अभियानले बौद्ध धर्मले प्रतिपादन गरेको करुणा, मैत्री र सेवाको भावनालाई व्यवहारमा उतार्दै विपद्को कठिन घडीमा पीडित नागरिकलाई साथ दिने प्रयास गरिरहेको छ। राहत वितरण, पुनर्स्थापना तथा सम्भावित आवास निर्माणसम्मका कार्यक्रममार्फत बाढीपीडित परिवारको जीवन पुनः सामान्य बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित पोस्ट
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑