लुम्बिनी । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ तथा जनजीवन सामान्य बनोस् भन्ने कामनासहित बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पाठ गरिएको छ।
लुम्बिनी विकास कोष, गौतमी विहार र सिंगापुर गुम्बा लुम्बिनीको आयोजनामा शुक्रबार बिहान मायादेवी मन्दिर परिसरमा शान्ति पाठ कार्यक्रम गरिएको हो। 
कार्यक्रममा बाढीबाट प्रभावितहरूको शारीरिक तथा मानसिक पीडा शीघ्र निको होस्, विपदमा परेका परिवारमा शान्ति कायम होस् भन्ने कामनासहित विभिन्न बौद्ध परम्पराअनुसार विभिन्न सूत्रहरूको पाठ गरिएको थियो। थेरवादी, महायानी, चिनियाँ, भियतनामी, कोरियन तथा थाई परम्पराअनुसार पाठ गरिएको आयोजकले जनाएको छ।
त्यस्तै, बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मरुणानुस्मृति सूत्र पाठ गरी दिवंगत आत्माहरूको सुगतिको कामनासहित पुण्यानुमोदन गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु सिरी वजिरले बताए।
बुद्ध जन्मस्थल लुम्बिनीमा गरिएको शान्ति पाठमार्फत भोटेकोशी बाढीबाट प्रभावित सबैको शीघ्र उद्धार, उपचार तथा पुनःस्थापनाका लागि मंगलकामना गरिएको थियो।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५