काठमाडौं- राजधानीको विश्व निकेतन माविका पूर्व प्रधानाध्यापक शिक्षाविद गम्भीरमान मास्केको अर्धकदको सालिक स्थापना अन्तिम चरणमा पुगेको छ।
विश्व निकेतन-गम्भीरमान फाउन्डेसनले स्वर्गीय मास्केको वार्षिकीको अवसर पारेर यही मंसिर २१ गते विद्यालय परिसरमा सालिक अनावरण गर्ने जनाएको छ।
फाउन्डेसनका अध्यक्ष एवं विद्यालयका पूर्वविद्यार्थी राजेश प्रधानाङ्ग मास्केले प्रधानअध्यापकका रूपमा पुर्याएको योगदान स्मरण गरी शालिक स्थापना गर्न लागेको बताए । “प्रधानाध्यापकका रूपमा गुरू गम्भीरमान मास्केले देखाउनुभएको बाटो अनुकरणीय छ,” उनले भने।
यसअघि फाउन्डेसनले स्वर्गीय मास्केको जन्मजयन्तीको अवसरमा उनीद्वारा लिखित ‘दिवा स्वप्नमा आउने’ पुस्तकको अंग्रेजी संस्करण ‘द लिङगरिङ इमेज अफ माइ डे ड्रिम्स’ प्रकाशन गरिसकेको छ।
२०१७ सालमा अंग्रेजी विषय शिक्षकको रुपमा विश्व निकेतन प्रवेश गरेका मास्के २०२३ देखि २०५१ सम्म प्रअको जिम्मेवारी सम्हालेका थिए।
मास्केको ८६ वर्षको उमेरमा गत मंसिर १६ गते निधन भएको थियो।
साभार
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५