• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 25, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

“लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी


सुभाय् संवाददाता February 9, 2026 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

पाटनको केशव नारायण चोकमा नेपालभाषा साहित्यको रौनक: ‘ख्वाःपौ’ विमोचनसँगै गुन्जियो चिबाखं

ललितपुर /नेपालभाषा चिबाखं (लघुकथा) साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले पाटन संग्रहालयको ऐतिहासिक केशव नारायण चोकमा एक भव्य साहित्यिक समारोह सम्पन्न भएको छ। शनिबार आयोजित उक्त कार्यक्रममा नेपालभाषाका स्थापित तथा उदयमान स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो।
विमोचन र स्रष्टा सम्मान
कार्यक्रममा संयोजक नरेश अमात्य, ध्रुव मधिकर्मी, केदार सितु, विमल ताम्राकार, सुरेन्द्रलाल भुजु, रिता महर्जन र दिव्या बज्राचार्यले संयुक्त रूपमा नेपालभाषा लघुकथाको विशेष सङ्ग्रह ‘ख्वाःपौ’ विमोचन गर्नुभयो। सोही अवसरमा नेपालभाषा साहित्यको विकासमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनुभएका व्यक्तित्वहरू शान्तराज शाक्य, तुलसी साय्‌मि, नरेश महर्जन, पुष्पराज कर्णिकार, पूर्ण ताम्राकार, सुधीर ख्वबि र दीपक ख्वपलाई सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपालभाषाको लघुकथा विधालाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए ।
संयोजक नरेश अमात्यले स्वागत मन्तव्य राख्दै  भन्नुभयो,”नेपालभाषामा चिबाखं (लघुकथा) लेख्ने क्रम बढे पनि यसलाई उचित मञ्च र दस्तावेजको खाँचो थियो। ‘ख्वाःपौ’ मार्फत हामीले स्रष्टाहरूलाई जोड्ने प्रयास गरेका छौं।”
अतिथि डा.पुष्पराज राजकर्णिकारले नेपालभाषा साहित्यको ऐतिहासिक पक्ष र चिबाखंको शक्तिबारे चर्चा गर्दै भन्नुभयो— “थोरै शब्दमा गहिरो दर्शन र सामाजिक यथार्थ पस्कन सक्नु नै चिबाखंको विशेषता हो। यसले समाजको ऐनाको काम गर्छ।” समालोचक पूर्णकाजी ताम्राकारले मातृभाषामा साहित्य सिर्जना गर्दा नयाँ पुस्तालाई पनि समेट्नुपर्ने विचार व्यक्त गर्नुभयो।
वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीले वाचित कथाहरूमाथि टिप्पणी गर्दै भन्नुभयो— “लघुकथा केवल छोटो कथा मात्र होइन,यो एक झट्का दिने विधा हो। आज वाचन भएका कथाहरूमा शिल्प र भावको सुन्दर मिश्रण पाइयो, जसले नेपालभाषा साहित्यको भविष्य उज्ज्वल देखाउँछ।”
       
कार्यक्रममा स्रष्टाहरू विष्णु केशरी ताम्राकारतेज हमाल,रामेश श्रेष्ठ,कविन्द्रलाल प्रधान,मचाकाजी महर्जन हरि गोविन्द भोमी लगायतले समसामयिक राजनीति, सामाजिक विकृति र मानवीय संवेदनालाई समेटेर तयार पारिएका लघुकथाहरू वाचन गरेका थिए।
धेरै साहित्य अनुरागीहरूको सहभागिता रहेको उक्त कार्यक्रमले पाटनको साहित्यिक वातावरणलाई थप चलायमान बनाएको थियो। कार्यक्रमको अन्त्यमा वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मिले सहभागी सबैलाईधन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

https://www.facebook.com/nepanewsviews/videos/1777638729820421

सम्बन्धित पोस्ट
  • धर्मपथमा नेपालभाषा कविता कन्सर्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • कोलाज
  • सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑