• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 16, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  महानगर खबर

ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

सुभाय् संवाददाता December 5, 2025 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

–रन्जना श्रेष्ठ 
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ज्यापू दिवस लाई सहअस्तित्व, पहिचान र समृद्धिको सन्देश बोकेको महत्वपूर्ण पर्वका रूपमा व्याख्या गरेकी छन्। काठमाडौँ उपत्यकाका भूमिपुत्र को रूपमा परिचित ज्यापू समुदायको योगदानलाई उजागर गर्दै उपप्रमुख डंगोलले यस पर्वको दार्शनिक पक्षलाई गहिरोसँग बुझ्नुपर्नेमा जोड दिएकी छन्।

ज्यापू : उपत्यकाको सभ्यताका आधारस्तम्भ
ज्यापू समुदायलाई काठमाडौँ उपत्यकाको आदिवासी (भूमिपुत्र) समुदायका रूपमा लिइन्छ। प्राचीन कालमा दह रहेको यो उपत्यकालाई खेतीयोग्य उर्वर भूमिमा परिणत गर्न ज्यापूहरूको श्रम र सीपले निर्णायक भूमिका खेलेको थियो। यसर्थ, उपत्यकाको कृषि अर्थतन्त्र र मौलिक सभ्यताको जगमा ज्यापू समुदायको अतुलनीय योगदान रहेको छ।
उपप्रमुख डंगोलले २२ औँ ज्यापू दिवसको मूल समारोहलाई सम्बोधन गर्दै यसै योगदानको महत्वलाई प्रकाश पारिन्।
उपप्रमुख डंगोलले यस पर्वमा बनाइने यमरी लाई केवल परिकारका रूपमा मात्र नभई प्रकृति, माटो र समृद्धिप्रतिको समर्पणको प्रतीक का रूपमा पनि बुझ्नुपर्ने बताइन्।
उनले भनिन्, “उद्यम र उद्यमीप्रति सम्मान हुने हाम्रो मौलिक पर्वले सामाजिक व्यवस्थापन र समन्वयको गहिरो सन्देश दिन्छ।”
यस वर्ष फलेको धानबाट परिकार तयार गरी अन्नपूर्णलाई चढाइने परम्परा वर्षभरि अन्नको अभाव नहोस् भन्ने सामूहिक आकांक्षासँग जोडिएको सांस्कृतिक चक्र भएको उपप्रमुख डंगोलको भनाइ थियो।

ज्यापू समुदायको कृषिमा आधारित जीवनशैलीले नै यस पर्वलाई पहचानको उत्सव र सहअस्तित्वको सन्देश दिने महत्वपूर्ण अवसर बनाएको छ।
यसअघि नरःदे (हाँडीगाउँ) बाट उपप्रमुख डंगोलले सांस्कृतिक र्‍यालीको उद्घाटन गरेकी थिइन्।
र्‍यालीमा महानगरको सम्पदा तथा पर्यटन समिति, वडा ५ का जनप्रतिनिधि, ज्यापू संस्कृतिक विकास कोषका पदाधिकारी तथा विभिन्न टोलका ज्यापु सांस्कृतिक झाँकीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रधानमन्त्री सुशिला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसहित सरकारका प्रतिनिधि र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो, जसले ज्यापू संस्कृतिको महत्वलाई थप पुष्टि गर्छ। सोही अवसरमा ज्यापू संस्कृतिको संरक्षण तथा प्रवर्धनमा योगदान पुर्‍याउने अग्रजहरूलाई सम्मान गरिएको थियो।
ज्यापू दिवस भूमिपुत्रहरूको पहिचानलाई स्थापित गर्दै, प्रकृतिसँगको सामिप्यता र सामाजिक सद्भावलाई बलियो बनाउने एक महत्वपूर्ण सांस्कृतिक धरोहर हो।

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “त्रिशूली बजार फेरि उठ्नेछ, देविघाट फेरि मुस्कुराउनेछ”

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    “त्रिशूली बजार फेरि उठ्नेछ, देविघाट फेरि मुस्कुराउनेछ”

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑