• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

कामनाका दिरेकलालकाे नेतृत्वमा ईमेज च्यानलमा नयाँ ब्यवस्थापन


सुभाय् संवाददाताJuly 15, 2025 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १० मिनेट

इमेज ग्रुप अफ इन्डस्ट्रीजका अध्यक्ष आर.के. मानन्धर

नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको ब्यवस्थापन परिवर्तन भएको छ । विगत २७ वर्षदेखि आरके मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन २०८२ साल साउन १ गतेदेखि नयाँ ब्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएको छ।
ईमेज च्यानल टेलिभिजनसंगै ईमेज एफएम ९७.९ र ईमेजखबर डट कम पनि नयाँ ब्यवस्थापन अन्तर्गत नै सञ्चालन हुनेछन् ।
नयाँ ब्यवस्थापनको कार्यकारी अध्यक्षमा परिचित सञ्चार उद्यमी एवं कामना प्रकाशन गृहका प्रमुख कार्यकारी दिरेकलाल श्रेष्ठ रहनु भएको छ भने प्रबन्ध निर्देशकमा अर्का सञ्चार उद्यमी चेङ अग्रवाल रहनु भएको छ ।
नयाँ ब्यवस्थापनले यस ईमेज च्यालन टेलिभिजनमा शुरुवाती दिनदेखि कार्यरत जगदीश खरेललाई समाचार प्रमुखको जिम्मेवारी समेत प्रदान गरेको छ ।
लाजिम्पाटस्थित ईमेज च्यानलको कार्यालयमा आज आयोजित विशेष समारोहमा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले नयाँ ब्यवस्थापनलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो । समारोहमा अध्यक्ष मानन्धरले युवा सञ्चार उद्यमीहरुको काँधमा जिम्मेवारी विसाउन पाउँदा आफूलाई सन्तोष लागेको बताउनुभयो ।
सो अवसरमा कार्यकारी अध्यक्ष दिरेकलाल श्रेष्ठले ईमेज च्यालन टेलिभिजनको छविको ख्याल गर्दै कम्पनीलाई अघि बढाउने बताउनुभयो । आफूले नेपालको कामना प्रकाशनबाट नैतिकतासहितको पत्रकारिता सिकेको उल्लेख गर्दै उहाँले अमेरिका र नेपालमा गरी आफ्नो साढे दुई दशक लामो छापा माध्यमको अनुभव र ईमेजको तीन दशकको गर्विलो ईतिहासलाई एकाकार गरेर नयाँ उचाईमा पुर्‍याउने अठोट ब्यक्त गर्नुभयो ।
त्यसैगरी नवनियुक्त समाचार प्रमुख जगदीश खरेलले टेलिभिजनका दर्शक नघटेको तर टेलिभिजन हेर्ने माध्यम फेरिएको बताउनुभयो । समाचार तथा समाचारजन्य सामग्री सशक्त हुनुपर्ने भन्दै उहाँले टेलिभिजनलाई आजको प्रविधिसंग जोड्नुपर्नेमा जोड दिनुभयो ।
ईमेजकाे नयाँ ब्यवस्थापन परिवर्तनसंगै अब छापा माध्यम पनि जोडिएको छ । २०४१ साल मंसीर १५ गतेदेखि निरन्तर सञ्चालनमा रहँदै आएको नेपालको पहिलो संस्थागत प्रकाशन गृह कामना प्रकाशन गृह अब ईमेजकाे भगिनी संस्थाको रुपमा जोडिएको छ । टेलिभिजन, रेडियो, अनलाइन र छापा गरी चार वटै माध्यमबाट अझ सशक्त र प्रभावकारी रुपमा प्रस्तुत हुने प्रतिवद्धता पनि नयाँ ब्यवस्थापनले गरेको छ ।

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • भोलिदेखि सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा सुरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑