• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव


सुभाय् संवाददाताMay 8, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

इन्द्रलाल सिंह 
भारत ले पाकिस्तान लाई हान्यो भन्ने डरलाग्दो समाचार ले सामाजिक सञ्जाल भरिभराउ भएको छ । सबैको मुखमा लौ नहुन पर्ने भइहाल्यो । भारत ले पाकिस्तान लाई ठोक्यो, अब के हुन्छ, द्वन्द त सुरु भयो नै । पाकिस्तानले पनि हान्यो भने लडाइ नै हुन्छ होला? आणविक युद्ध भयो भने के हुन्छ? अब के गर्ने, महँगो हुने भयो ? कोही लौ कश्मीर घुम्न नपाउने भयो । कोही भन्थें भारतीय वायुसेवाहरूको उडानहरू स्थगन हुने भयो भन्दै आफ्ना परिवार भेट्न गारो हुने भो ।
भारत को प्रधान मन्त्री रिसाउँदा या हाँस्दा नेपालमा असर पर्दो रहेछ र त्यही अनुसार नेपाल मा आफ्ना कदम चाल्न पर्दो रहेछ । हुनत हाम्रो देश मा यस्तै यस्तै हुने गर्छ पनि ।
हालै अमेरिका मा कफि को मूल्य बढ्यो समाचार बन्यो बनाइयो । कफी माफिया हरुले त्यो समाचार को भिडियो नेपाल सामाजिक सञ्जाल मा हाल्यो, प्रचार प्रसार गर्यो अनि नेपालमा आउने भारतीय कफी को भाउ तु बधाई हाल्यो । अमेरिका मा पानी पर्ने नेपालमा छाता ओढ्नु पर्ने कस्तो अचम्म । सरकार र इमान्दार कफी व्यवसायी हेरेको हेरै।
अब नेपाली कफी को भाउ स्वतः बढ्नेनै भयो । कफी पारखीलाई महंगो पर्ने भइहाल्यो । येस्मा आफै बोक्सि आफै झाँक्री भएको छ । आर्थिक फाइदाको लागि केही नेपाली कफी प्रवद्र्धन गर्नेहरुनै यसमा संलग्न देखिन्छ । भविष्यमा यसको असर नेपाली कफी उद्योग मा के हुने हो कार्पेट र पस्मिना को हालत हुने होकी चिन्ताको विषय बनेको छ, हेर्न बाँकीनै छ ।
अब कालोबजारी गर्ने हरू यही मौका छोप्न तम्सेको होला । कफी को जस्तै भारत बाट आयातित हुने खाद्य लगायत अन्य वस्तु पेट्रोल, डिजेल र ग्याँस मा के गर्नेछ हेर्ने बाँकी छ । माफिया, कालो बजारिया हरू लाई खाली निहुँ चाहिएको छ । सरकार ले यसलाई कसरी लिने हो हेर्दै जाउँ।
यस द्वन्द ले गर्दा भारतको वायुसेवा लाई पाकिस्तान को एयर स्पेस प्रयोग गर्न प्रतिबन्धित लगाएको ले भारतीय वायुसेवा बाट पश्चिम मुलुक अमेरिका, युरोप यात्रा गर्ने यात्रुहरु लाई पक्कै ठूलो असर पर्ने छ । आफू स्वयं ले अनुभव गरेको छु । युनिसेफ बाट काम को सिलसिलामा पाकिस्तान को इस्लामावाद जान दुई घण्टा को फ्लाईट दुई दिन लाग्यो । द्वन्द कै कारण पाकिस्तानी वायुसेवा लाई भारत को एयर स्पेस प्रयोग गर्न प्रतिबन्धित लगाएको थियो । आफू विमान बंगलादेश बाट ढाका भएर कराची यात्रा गरियो र कराची बाट पाकिस्तान एयरलाइन बाट इस्लामावाद यात्रा गरेको सम्झना छ । असुविधा र पैसा धेरै तिर्नु पर्ने त छदै थियो।
भारत र पाकिस्तान को द्वन्द कसरी टुंगिने हो भन्न सकिने अवस्था छैन। पकै पनि यसको नराम्रो असर नेपाल मा पर्न सक्छ या पार्न सक्छ । सरकार ले आज सम्म आफ्नो धारणा प्रष्ट परेको देखिँदैन ।

फिचर फोटो : ईन्टरनेट

 

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑