काठमाडौ / काठमाडौ उपत्यकाको उत्पत्तिको इतिहाससँग जोडिएको विश्व सम्पदा क्षेत्र स्वयम्भू क्षेत्रमा ८ दिने स्वयम्भू महोत्सवको उद्घाटन काठमाडौं महानगर पलिकाका मेयर बालेन शाहले गरेका छन् । ‘स्थानीय पहिचान’ र ‘पर्यटन प्रवद्र्धन’सँगै समुदाय स्तरको अर्थतन्त्र चलायमान बनाउने उद्धेश्यसहित आयोजना गरिएको स्वयम्भू महोत्सव काठमाडौं महानगर पालिका वडा नं १५ को आयोजनामा भएको हो । यसअघि वडा अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्वमा एक महोत्सव आयोजक समिति बनाई कार्य अगाडि बढाइएको थियो ।
महोत्सव उद्घाटनका क्रममा एक सांस्कृतिक ¥याली निकालिएको थियो । स्थानीय लोक संस्कृतिका झाँकीरु सहितको ¥यालीले स्वयम्भू डल्लु क्षेत्र परिक्रमा गरी कार्यक्रमस्थल भुइखेल आएपछि औपचारिक रुपमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा मेयर बालेन शाहसँगै उपमेयर सुनिता डंगोल, पूर्वमन्त्री जविनराम श्रेष्ठ, वडा अध्यक्षहरु तथा वडा सदस्यहरु तथा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
महोत्सव उद्घाटन लगत्तै सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सुरु भएको थियो । महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै खेलहरु समावेश गरिएका छन् । प्रदर्शनी र सेवाका लागि करिब ६० वटा स्टल,परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिएका हेर्न सकिनेछन् । वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तुको प्रदर्शनीले रहेका छन् ।
महोत्सवमा मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवासँगै रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप भइरहेका छन् ।
महोसवको पहिलो दिन चर्या नृत्य, गीत गायन तथा बिभिन्न जातजातिका नृत्यहरु प्रश्तुत गरिएका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५