• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 14, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

महानगरका संस्थापक मेयर पिएल सिंहको निधन, शोकमा आज काठमाडौँ महानगरपालिकामा बिदा


सुभाय् संवाददाता December 16, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

काठमाडौँ/काठमाडौँ महानगरपालिकाका संस्थापक मेयर पिएल सिंहको निधनमा शोक मनाउ गर्दै महानगर पालिकाले आज (पुस १ गते) शोक बिदा दिएको छ । आज बिहान संस्थापक मेयर सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ ।सिंहले वि.सं. २०५२ मङ्सिर २९ गते काठमाडौं महानगरपालिका घोषणा गर्नु भएको र महानगरलाई योगदान पुर्‍याएको भन्दै उहाँको सम्मानका लागि आज बिदा दिने गरी महानगरपालिका र मातहतका कार्यालयहरूमा जानकारी दिएको छ ।
लामो समयदेखि उपचाररत पिएल सिंह हक्की स्वभावका मेयर थिए ।उनको कार्यकालमा काठमाडौं महानगरले धेरै उपलब्धि हासिल गरेको थियो भने बिदेशका विभिन्न नगरहरुसँग सम्बन्ध बढाउने र आर्थिक र प्राविधिक सहयोग आदानप्रदानमा प्रसंशायोग्य कामहरु भएका थिए । जीवनको लामो समय प्रजातान्त्रिक संघर्षमा बिताएका उनी लौह पुरुष गणेशमान सिंहका प्रियपात्र थिए ।महानगर पालिकाको कला संस्कृतिमा महानगरले लगानी गर्नुपर्छ भन्ने धारणा राख्ने उनका कार्यको संस्कृतिप्रेमिहरुले भुलेका छैनन् । “स्वस्थ हराभरा काठमाडौं” जस्ता उनका नारा आज पनि उत्तिकै आवश्यक रहेको छ ।लोकतान्त्रिक आन्दोलनको अथक र निष्ठावान सेनानी, नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री रहनु भएका पि.एल. सिंह काठमाडौं महानगरपालिकाका मेयरका रूपमा २०४९ देखि २०५४ सालसम्मको कार्यरत थिए । वि.स. १९९७ मा जन्मनु भएका उहाँको ८५ वर्ष उमेरमा आज सोमबार,पुस १ गते बिहान दु:खद निधन भएको हो ।
२०६३ देखि नेपाली कांग्रेससँग गम्भीर सैद्धान्तिक विमति भएपछि सक्रिय राजनीतिबाट टाढा रहँदै आएका थिए । आजीवन अविवाहित नेपाली कांग्रेस र लोकतान्त्रिक आन्दोलनमा उहाँको देन असाधारण छ।

मेयर बालेन्द्र साह संस्थापक मेयरको स्वास्थ्य अवस्था बुझ्ने क्रममा

सम्बन्धित पोस्ट
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑