• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 12, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मनका कुरा

दुबई एयरपोर्टमा पोखरेली मेयरको दुखेसो !


सुभाय् संवाददाता November 9, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

धनराजआचार्य

•वर्ल्ड अर्बन फोरममा भाग लिएर आफ्नै नगरमा भोलि बिहान आयोजित अन्तर्राष्ट्रिय विशेष कार्यक्रममा समयमै पुग्नै पर्ने दबाबमा थिएँ। 
•मैले निवेदन गरेँ, “म ब्यूजनेस क्लासको यात्री हुँ, मसँग कूटनीतिक राहदानी छ, कनेक्टिङ फ्लाइट ढिलो भएको र यहाँ आउन समय लागेको छ। अझै २० मिनेट बाँकी छ, गेट बन्द नभएको भए चेक गरिदिनुहोस्।” तर उनले मलाई सुनेनन् र मोबाइल हेर्दै “डोर अलरेडी क्लोज, यु क्यान गो टर्मिनल ३” भनेर असंवेदनशील जवाफ दिए।
•यस्तो कुरा सोचिरहेको अबस्थामा अचानक एउटा सकारात्मक कुरा पनि भयो। जब केही निर्णय नभएको अवस्थामा फ्लाई दुबईको युनिफर्म लगाएकी महिला स्टाफ (उहाँको नाम मौना नाया रहेछ र उहाँ मोरक्कोकी नागरिक हुनुहुँदो रहेछ) देखेर सिसाबाहिरबाट भेट्न आग्रह गरेँ। 
मनोवाद!! मनोसम्वाद!!
म आज मध्यरातको १२:५० बजे उडेर इजिप्टको राजधानी कायरोबाट एयर इमिरेट्सको फ्लाइट बाट दुबई आइपुगेको थिएँ। यो फ्लाइट बिहान ६:१० मा दुबई एयरपोर्टमा ल्यान्ड हुनुपर्नेमा ६:५५ मा मात्र ल्यान्ड भयो। मेरो काठमाडौं जाने जहाज फ्लाई दुबईबाट थियो, जसको उडान समय ८:१५ थियो। जहाजको ईन्जिन बन्द भइसकेर म बाहिर निस्कँदा ७:०० बजिसकेको थियो। म ब्यूजनेस क्लासको यात्री थिएँ, र मेरो टिकट एडीबीले उपलब्ध गराएको थियो।जसका कारण बाहिर छिटो निस्कन सहज भयो।
बाहिर निस्केर म हतारमा काठमाडौं जाने गेट खोज्न थालेँ, तर त्यो गेट अर्को टर्मिनलमा रहेछ। सुरक्षाको औपचारिकता पूरा गरेर टर्मिनल २ मा बस चढेर जानु पर्ने र कम्तिमा २० मिनेट लाग्ने जानकारी पाएँ, र ट्राफिकको कारणले अझै ढिलाइ हुन सक्ने सम्भावना थियो। ५५ मिनेट भित्र गेटमा पुग्नुपर्ने दबाबले म निकै हतारमा थिएँ। जब म बस चढ्ने ठाउँमा पुगेँ, त्यहाँ बस थिएन। इमिरेट्सका दुईजना स्टाफ थिए, तर उनीहरूको व्यवहार असहयोगी र रुखो थियो। उल्टै ढिलो आएकोमा मलाई हप्काइरहे।
कुरा यहाँ सकिएन। जब बस आयो र म टर्मिनल २ पुगेँ, इमिरेट्सको काउन्टरमा गएर समस्या बुझाइ, मलाई गेटसम्म पुर्‍याउन र फ्लाई दुबईसँग समन्वय गरिदिन अनुरोध गरेँ। तर उनको व्यवहार पनि असहयोगी र रुखो नै रह्यो। सम्भवत: उनी उपल्लो तहका कर्मचारी थिए, तर उनले ढोका बन्द भइसकेको छ भन्दै मलाई पुनः टर्मिनल ३ मा फर्केर इमिरेट्सको काउन्टरमा कुरा गर्न भने, र अर्को टिकट काट्न सुझाव दिए।जब कि उनि स्वयं ईमिरेट्सका कर्मचारी थिए।
मैले निवेदन गरेँ, “म ब्यूजनेस क्लासको यात्री हुँ, मसँग कूटनीतिक राहदानी छ, कनेक्टिङ फ्लाइट ढिलो भएको र यहाँ आउन समय लागेको छ। अझै २० मिनेट बाँकी छ, गेट बन्द नभएको भए चेक गरिदिनुहोस्।” तर उनले मलाई सुनेनन् र मोबाइल हेर्दै “डोर अलरेडी क्लोज, यु क्यान गो टर्मिनल ३” भनेर असंवेदनशील जवाफ दिए।
(जबकि उपरोक्त यात्री लाई सबै एयरलाइन्समा प्राथमिकताको छुट्टै लाईन हुन्छ।)
यस घटनाले मलाई निकै दुःखि र निराश बनायो। म पोखराको मेयरको हैसियतमा वर्ल्ड अर्बन फोरममा भाग लिएर आफ्नै नगरमा भोलि बिहान आयोजित अन्तर्राष्ट्रिय विशेष कार्यक्रममा समयमै पुग्नै पर्ने दबाबमा थिएँ, जसको कारण म फोरमको समापनको एक दिन अगाडि नै हतारमा फर्किरहेको थिएँ। दिउँसो काठमाडौं पुगेर साँझ पोखरा पुग्न र अतिविशिष्ट पाहुनाहरूको लागि महानगरले आयोजना गरेको रिसेप्सनमा उपस्थित हुन आवश्यक थियो। जहाज छुटेपछि “अब अर्को टिकट/एयरलाइन्स खोज्नुहोस्” भन्ने गैरजिम्मेवार जवाफ इमिरेट्सको स्टाफबाट पाउँदा साँचै दुःखी र निराश भएँ।
म नयाँ यात्री होइन, हालसम्म ६० भन्दा बढी देशमा पटक-पटक यात्रा गरिसकेको छु। संसारका विभिन्न ठूला र साना विमानस्थल हुँदै यात्रा गरिसकेको र व्यवस्थापनको विद्यार्थीको नाताले समय व्यवस्थापनको महत्त्व बुझेको छु। तर, इमिरेट्ससँग यो मेरो पहिलो असुविधा पनि थिएन, यसअघि पनि यस्ता पटकपटक असहयोगी व्यवहार भोगिसकेको थिएँ। तर, पहिले भने आजको जस्तो प्लेन छुटेको थिएन।धेरै एयरलाइन्स प्रयोग गरिसकेको र पटकपटक ईमिरेट्समा फरक फरक प्रकिर्ति का समस्या भोग्नुपरेको थियोे ।यस पालि फेरि नया परिशिथिती आयो ।
आज जस्तोसुकै तरिकामा भए पनि छिटो पुग्नु पर्ने बाध्यतामा थिएँ। जहाज डिले भएर कनेक्टिङ फ्लाइट छुटेको अवस्थामा मेरो मनमा केहि बिषय भने खेलिरहे, मनोबादका रुपमा मनमनै केहि कमिटमेण्ट र आशा गरे। जुन यस्ता छन।
१) अब सम्भव भएसम्म मैले इमिरेट्स एयरलाइन्स प्रयोग नगर्ने।
२) फरक-फरक एयरलाइन्सको कनेक्टिङ फ्लाइटबाट टिकट नलिने।
३) कनेक्टिङ फ्लाइटमा कम्तिमा २.५ घण्टाको अन्तर राख्ने।
४) जहाज छुट्दा धेरै दुःख नलिने, किनकि हतार गरेर गन्तव्यमा पुगिने होइन।
५) सम्भव भएसम्म आफ्नै देशको एयरलाइन्स प्रयोग गर्ने, जसले कम्तीमा गुनासो सुन्ने र समाधानको अवसर दिन्छ।
६) हाम्रो देशका एयरलाइन्स स्टाफहरूलाई सहयोगी र यात्रुमैत्री बन्न आग्रह गर्ने।
७) नेपालमा स्थानीय उडानमा पनि बुद्ध एयर जस्तो प्रसस्त विमान र एति एयरको जस्तो स्टाफको अपेक्षा गर्ने।
यस्तो कुरा सोचिरहेको अबस्थामा अचानक एउटा सकारात्मक कुरा पनि भयो। जब केही निर्णय नभएको अवस्थामा फ्लाई दुबईको युनिफर्म लगाएकी महिला स्टाफ (उहाँको नाम मौना नाया रहेछ र उहाँ मोरक्कोकी नागरिक हुनुहुँदो रहेछ) देखेर सिसाबाहिरबाट भेट्न आग्रह गरेँ।
मैले उहाँलाई सबै बिस्तार लगाएँ र म ७ मिनेटदेखि त्यहीँ छु भनेँ। उहाँले हतारमा मेरो बोर्डिङ चेक गरिदिनुभयो र जहाज १ मिनेट अघि ढोका बन्द भएको जानकारी दिनुभयो। इमिरेट्सको स्टाफले सुरुमा नै फ्लाई दुबईको यस कक्षमा पठाइदिएको भए म जहाज भेट्न सक्थेँ। ७ मिनेट खेर गयो र अब मेरो स्थिती अन्योलमा रह्यो।
केही प्रयासपछि फ्लाई दुबईकी मौना नाया जिले अर्को एयरलाइन्समा ब्यूजनेस क्लास उपलब्ध नभएको तर इकोनोमीमा म्यानेज गर्न सकिने जानकारी दिनुभयो। म खुसी हुँदै ठट्टा गरें, “डिक्की वा भुइँमा बसेर जान पाए पनि भयो, मलाई ब्यूजनेस क्लास चाहिँदैन।” उहाँले इमिरेट्सलाई ग्याप फन्डको लागि रिफन्डको निवेदन गर्न भन्नुभयो , तर मैले भने, “अब इमिरेट्ससँग कुनै संवाद गर्ने पक्षमा छैन र क्षतिपूर्तिको कुरा गर्दिनँ।” उहाँले मेरो कुरा सुनेर साँच्चिकै दुःख व्यक्त गर्नुभयो र आफ्नो एयरलाइन्सको तर्फबाट क्षमा माग्नुभयो।
यो घटनाले मसँग केही सिकाइ र उपरोक्त निस्कर्ष दिएको छ।
यो केवल मेरो अनुभव र सोचाइ मात्र हो। यसबाट कसैलाई चोट पुगेमा क्षमा चाहन्छु।
पहिलोपटक यात्रा गर्नु हुने र भाषाको समस्या हुने हाम्रो दाजुभाइ वुवाआमाले बिदेश जान पर्दा कति समस्या भोग्नु पर्ला अनुमान गरेर म टोलाई रहे।
(नेपालको एक प्रतिष्ठित महानगर पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले दुबई एयरपोर्टमा भोग्नुपरेको पीडा ! यो एक प्रतिनिधि घट्ना मात्र हो नेपालीहरुप्रति बिदेशमा गरिने व्यवहारको । यो शब्द उहाँकै पोस्ट बाट जस्ताकोतस्तै प्रस्तुत गरेका हौं । )

सम्बन्धित पोस्ट
  • राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए
  • तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए

    तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    सुभाय् पोस्ट बिशेष

    राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए

    तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑