• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

समयसँग परिवर्तन हुनुस् वा पलायन हुनुस् रोजाइ तपाईंको


सुभाय् संवाददाताNovember 7, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

तपाईँलाई याद छ कोडाक कम्पनी ? फोटो खिच्दा प्रयोग गरिने रिल तथा क्यामरा नेपालमा पनि धेरै प्रयोग गरिन्थ्यो कोडाकको । यसको इतिहास हेर्ने हो भने १९९७ मा कोडाकसँग करिब १,६०,००० कर्मचारी थियो। संसारको करिब ८५% फोटोग्राफी कोडाकको सामाग्रीबाट गरिन्थ्यो। केही वर्षयता मोबाइल क्यामेराको बढ्दो उपयोगका कारण, कोडाक कम्पनी बजारबाट बाहिरियो। कोडाक पूर्ण रूपमा डुब्यो र सबै कर्मचारी निकालिए।
यसै समयमा थुप्रै प्रसिद्ध कम्पनीहरू पनि आफैंलाई रोक्न बाध्य भए। जस्तै:
HMT (घडी)
बजाज (स्कूटर)
डायनोरा (टीभी)
मर्फी (रेडियो)
नोकिया (मोबाइल)
राजदूत (बाइक)
एम्बेसडर (कार)
यी कम्पनीहरूको गुणस्तर खराब थिएन। तर पनि किन बजारबाट बाहिरिए? किनकि यी कम्पनीहरू समयसँग परिवर्तन हुन सकेनन्।
वर्तमानमा उभिएर सोच्र्ने हो भने  १० वर्षमा संसार कति परिवर्तन हुन सक्छ र आजका ७०% देखि ९०% कामहरू पूर्ण रूपमा समाप्त हुनेछ। हामी बिस्तारै “चौथो औद्योगिक क्रान्ति” को युगमा प्रवेश गर्दैछौं।
आजको प्रसिद्ध कम्पनीहरूको हेरौं–
UBER केवल एक सफ्टवेयर नाम हो। तिनीसँग आफ्नै कार छैन। तर आज संसारको सबैभन्दा ठूलो ट्याक्सी सेवा कम्पनी UBER नै भएको छ । सोचनीय कुरा हैन त?
नेपालमा पठाओ, इन्ड्राइभ आदिपनि सफ्टवेयर मात्र हो उनीहरूसँग पनि एउटा कार पनि छैन मोटरसाइकल पनि छैन सेवा दिइरहेका छन् पैसा कमाइरहेका छन् ।
Airbnb आज संसारकै सबैभन्दा ठूलो होटल कम्पनी हो। तर रमाइलो कुरा के भने, उनीहरूसँग संसारमा एकवटा पनि होटल छैन।
यस्तै, Paytm, Ola Cab, Oyo Rooms आदि कम्पनीहरूको अनगिन्ती उदाहरण दिन सकिन्छ।
आज अमेरिकामा नयाँ वकिलहरूको काम छैन, किनकि IBM Watson नामको कानूनी सफ्टवेयरले कुनै नयाँ वकिलभन्दा राम्रो बहस गर्न सक्छ। यसरी, लगभग ९०% अमेरिकामा आगामी १० वर्षमा कुनै काम हुनेछैन। बाँकी १०% मात्र बाँच्नेछन्। यी १०% विशेषज्ञहरू हुनेछन्।
नयाँ डाक्टरहरूको काम पनि घटिरहेको छ। Watson सफ्टवेयरले क्यान्सर र अन्य रोगहरूलाई मानिसको तुलनामा ४ गुणा बढी ठिकसँग पत्ता लगाउन सक्छ। सन् २०३० सम्ममा कम्प्युटरको बुद्धिमत्ताले मानिसको बुद्धिमत्तालाई पार गर्नेछ।
अर्को २० वर्षमा आजका ९०% गाडीहरू सडकमा देखिँदैनन्। बाँकी गाडीहरू या त बिजुलीमा चल्नेछन् या हाइब्रिड हुनेछन्। सडक बिस्तारै खाली हुँदै जानेछ। पेट्रोलियम खपत घट्नेछ र तेल उत्पादक अरब देशहरू बिस्तारै कमजोर हुँदै  जानेछन्।
तपाईंलाई गाडी चाहियो भने UBER जस्ता सफ्टवेयरबाट कार मगाउनुपर्नेछ। तपाईंले कार मगाउनासाथ एक ड्राइभररहित कार तपाईंको ढोकामा आएर पार्क हुनेछ। यदि तपाईं धेरैजनासँग यात्रा गर्नुहुन्छ भने एक व्यक्तिको लागि कारको भाडा बाइकको भन्दा कम हुनेछ।
ड्राइभररहित गाडीले दुर्घटनाको सङ्ख्या ९९% ले घटाउनेछ। र यसकारण गाडीको बिमा रोकिनेछ र बिमा कम्पनीहरू बन्द हुनेछन्।
धरतीमा ड्राइभ गर्ने कुराहरू पनि रहन्न। ९०% सवारी साधनहरू सडकबाट हट्दा ट्राफिक प्रहरी र पार्किङ कर्मचारीहरूको पनि आवश्यकता हुनेछैन।
सोच्नुहोस्, लगभग १० वर्षअघिसम्म सडकहरूमा एसटीडी बुथहरू हुन्थे। देशमा मोबाइल क्रान्ति आएपछि ती सबै एसटीडी बुथहरू बन्द गर्न बाध्य भए। बचेका बुथहरूले मोबाइल रिचार्ज पसल बने। फेरि मोबाइल रिचार्जमा अनलाइन क्रान्ति भयो। मानिसहरूले घरमै बसेर अनलाइन मोबाइल रिचार्ज गर्न थाले। ती रिचार्ज पसलहरू फेरि बन्द गर्नुपर्‍यो। अब तिनीहरू केवल मोबाइल खरिदबिक्री र मर्मत पसल बनेका छन्। तर यो पनि चाँडै फेरिनेछ। मोबाइल फोनको बिक्री अमेजन, फ्लिपकार्टबाट सीधा बढ्दैछ।
पैसाको परिभाषा पनि परिवर्तन हुँदैछ। पहिले नगद हुन्थ्यो तर आजको युगमा यो “प्लास्टिक मनी” मा बदलिएको छ। केही वर्षअघि क्रेडिट कार्ड र डेबिट कार्डको चलन थियो। अहिले त्यो पनि परिवर्तन हुँदै छ र मोबाइल वालेटको युग आउँदैछ। Paytm को बढ्दो बजार, एक क्लिकमा मोबाइल मनी।
जो समयसँग परिवर्तन गर्न सक्दैनन्, समयले तिनलाई पृथ्वीबाट हटाउँछ। त्यसैले समयसँगै परिवर्तन गरिरहनुहोस्।
राम्रो सामग्री सिर्जना गरिरहनुहोस्, समयसँगै अघि बढिरहनुहोस्।
(सामाजिक संजालको सहयोगमा)

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑