काठमाडौँ — मन्त्री परिषदको पुनर्गठन हुने भन्ने व्यापक चर्चा भइरहेकै बेला आज बुधबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनर्गठनका लागि बिहान ९ बजे देखि नै छलफलमा व्यस्त रहेको बताइन्छ । प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी दिएका थिए ।
केहिदिन अगाडि नैं मन्त्री परिषद पुनर्गठन हुने चर्चामा आएको थियो ।
प्रधानमन्त्री ओलिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यसम्पादन मूल्यांकनअनुसार ‘रेड’ जोनमा रहेका केही मन्त्रीलाई हटाउने संकेत गरिसकेका छन् । मन्त्रीहरूको हेरेफेर तथा जिम्मेवारीका विषयमा तथा संगठनकका केही निर्णय गर्न बुधबार १२ बजेका लागि नेकपा सचिवालय बैठक पनि बोलाइएको बुझिएको छ ।
आज बुधबार साँझसम्ममा नयाँ मन्त्रीहरुको नाम आउन सक्ने धेरै सम्भावना रहेको सुत्रले जनाएको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५