पोखरा / हेर्नेहरुको मन जित्न सफल हुनेगरी तायामचा नृत्य प्रतियोगिता पर्यटकीय नगर पोखरामा सम्पन्न भएको छ । यसैक्रममा कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन सहयोग गरेका सहयोगीहरुलाई आयोजक समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले हार्दिक आभार एबं कृतज्ञता ज्ञापन गरेका छन् ।
पोखरामा नेवा: खल: कास्कीको आह्वानमा नयाँबजार सांस्कृतिक समितिको आयोजनामा शनिबार भएको प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी २८ टोलीमध्ये पुरुष तर्फबाट,प्रथम – बागबजार बगर ताया मचा समिती बागबजार ,
द्वितीय – रानिपौवा ताया मचा नाच समिति,रानिपौवा ,
तृतीय – गोपाल जि मन्दिर सेवा समिती, रामकृष्ण टोल ,शान्त्वना – गैह्रापाटन नेवा समाज, गैह्रापाटनले भई क्रमश नगद ३लाख, २ लाख,१ लाख र ३० हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यसैगरी महिला तर्फबाट बिजेता प्रथम – लामाचौर नेवा खल लामाचौर, दितिय – समाज कल्याण नेवा खल राजाको चौतारो,
तृतीय – रुपा देउराली नेवा खल रुपा गाउपालिकाले हाँसिल गर्न सफल भए ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा पोखरा महानगर प्रमुख धनराज आचार्य थिए भने समापन समारोहका प्रमुख अतिथि नेवा: देय् दबुका केन्द्रीय अध्यक्ष पबित्र बज्राचार्य थिए ।उनले प्रथम हुने टोलीलाई सिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा युवा सहभागीहरुले दर्शको मन जित्न सफल भएका थिए ।१० घन्टा चलेको नृत्य प्रतियोगिता नेवा: अमूर्त सम्पदा संरक्षणका निम्ति निकै उदाहरणीय कार्यको रुपमा लिन सकिने किसिमको रहेको थियो ।
करीब २५० वर्ष अगाडि बजार बसाएसँगै संस्कृति सम्पदा बोकेर आएका नेवार समुदायले सुरु गरेको साया: गाइजात्रा पर्वमा निकालिने तायामचा नृत्यकै नयाँ रुप हो यो तायमचा नृत्य प्रतियोगिता ।
“तायामचा नृत्यमा सहभागी वाद्यवाद्क र नृत्यकारहरु सबै युवा छन् । युवा पुस्तामा संस्कृति हस्तान्तरण भैसकेको हुँदा पोखरामा यो संस्कृति संरक्षण हुने छ भन्नेमा म ढुक्क छु” नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखे बताउँछ्न् ।
कार्यक्रममा नेवा: खल: कास्कीका पूर्व महासचिव आनन्द श्रेष्ठको संयोजकत्वमा निर्णायक समितिको जिम्मेवारी रहेकोमा अर्का पूर्व महासचिव सुबिन्द्र श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय निर्णायक समितिले प्रतियोगीहरुको मुल्यांकन गरि बिजयी टोलीको घोषणा गरेका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५