• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 15, May, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

वरिष्ठ संगीतकर्मी रत्न “बेहोशी”,पूर्व मेयर विद्यासुन्दरलाई गणेशदेवी स्मृति सम्मान


सुभाय् संवाददाताJuly 7, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २३ मिनेट



रन्जु श्रेष्ठ,काठमाडौं /नेपाल भाषा र संगीत क्षेत्रमा विशेष योगदान गर्नुहुने सर्जक तथा अभियन्तालाई काठमाडौंमा गणेशदेवी स्मृति पुरस्कारले सम्मानित गरिएको छ । लामो समय संगीत क्षेत्रमा योगदान गरेका वरिष्ठ संगीतकार तथा गायक रत्न “बेहोशी” तथा भाषिक क्षेत्रमा ठूलो योगदान गरेका काठमाडौं यें महानगर पालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यलाई गणेशदेवी फाउन्डेसनबाट हरेक वर्ष प्रदान गरिने गणेशदेवी स्मृति पुरस्कार प्रदान गरिएको हो ।
फाउन्डेसनका अध्यक्ष कवि स्नेह सायमिको प्रमुखत्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार मथुरा सायमी प्रमुख अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मथुरा सायमीले आफू पूर्ण रूपमा स्वस्थ नभएपनि महत्वपूर्ण कार्यक्रममा निम्तो आएको र त्यसलाई स्वीकार गर्दै कार्यक्रममा सहभागी भएको बताए । यो पुरस्कार कार्यक्रमको महत्व छ उनले बताए ।
सम्मान ग्रहण गरिसकेपछि लामो समय रेडियो नेपालमा समेत संगीत र गायन क्षेत्रमा सेवा गरेका रत्न बेहोशीले सुभाय् पोस्ट प्रतिनिधिसँग कुरा गर्दै आफूले यस्तो धेरै सम्मानहरु पाइसकेको भएपनि यो पुरस्कारले सम्मानित हुन पाउनु गर्वको विषय भएको बताए ।
अर्का सम्मानित व्यक्ति विद्या सुन्दर शाक्य जसले काठमाडौं महानगर भित्रका बिद्यालयहरुमा अनिवार्य नेपाल भाषा पढाउने व्यवस्था गरे यसवापत आफूलाई सम्मानित गरेकोमा खुशी व्यक्त गर्दै आफू राजनीतिक अभियन्ताभन्दा पहिला भाषिक अभियन्ता भएको बताए । उनले सबै भाषालाई आफूले समान अवसर दिनुपर्नेमा जोड दिंदै आएको र आफ्नो क्षेत्रमा स्थानीय भाषालाई प्राथमिकता दिनुपर्ने नीति अनुरुप सो कार्य गरेको बताए । नीति नियम बनाउने कार्यमा आफू लागेको तर अन्य धेरै कामहरु गरि योगदान गर्ने व्यक्तित्वहरुलाई पनि उनले त्यहाँ स्मरण गरे ।
यसभन्दा अगाडि कार्यक्रममा पुरस्कार निर्णायक समितिका सदस्य वरिष्ठ पत्रकार सुरेश किरणले सम्मानित हुने व्यक्तिहरुको योगदान बारे चर्चा गरेका थिए । video link facebook.com/share/v/9y3zM2tm9pzhqYv4
कार्यक्रमको अन्त्यमा सभाको प्रमुखत्व लिइरहेका कवि स्नेह सायमिले उपस्थित सबैप्रति आभार प्रकट गरे ।
कार्यक्रमको सुरुवातमा स्वर्गीय गणेशदेवी मानन्धरको तस्वीरमा आगन्तुकहरुले पुष्प गुच्छा अर्पण गरेका थिए।
गणेशदेवी फाउन्डेसन काठमाडौं महानगर पालिका वडा नं १३ मा सक्रिय समाजसेवी दिलबहादुर मानन्धरले आफ्नी स्वर्गवासी धर्मपत्नी  गणेशदेवी मानन्धरको स्मृतिमा  उनका परिवारका सदस्यहरु छोराहरु डा.राजु मानन्धर (अष्ट्रेलिया )राजेश मानन्धर सज्जु मानन्धर लगायतको सक्रियतामा स्थापना गरेको हो । नेपाल भाषा, संस्कृति, संगीत क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुको सम्मानमा गत वर्षबाट  यस फाउन्डेसनले पुरस्कार तथा सम्मान प्रदान गर्न थालेको थियो भने पुरस्कार राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।

सम्बन्धित पोस्ट
  • ‘जीवन पथ’: नेपाली टेलिभिजनमा कला, संस्कृति र जीवन दर्शनको सिनेमाटिक अभिलेख
  • शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न
  • ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ‘जीवन पथ’: नेपाली टेलिभिजनमा कला, संस्कृति र जीवन दर्शनको सिनेमाटिक अभिलेख

    बुद्ध जयन्ती र काठमाडौँ-लुम्बिनी शान्ति साइकल र्‍याली: समृद्ध यात्राको एउटा पाटो

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑