• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / शिक्षा / स्वास्थ्य

अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न


सुभाय् संवाददाताMay 11, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

अष्ट्रेलिया प्रतिनिधि , सिड्नी १० मे/  नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलिया (निंफा)को “वार्षिक साधारण सभा २०२४” ५ मई मा केंटरबरी स्थित आयशबेरी सीनियर सिटीजन हॉल, एनएसडब्लूमा सम्पन्न भएको छ/
संस्थाको अध्यक्ष सुदर्शन थापा मगरले सभापतित्व ग्रहण गरेको उक्त कार्यक्रम महासचिव चिराग प्रधानले सञ्चालन गरेको थियो/
अध्यक्ष सुदर्शन थापा मगरले आफ्नो स्वागत भाषणमा भन्यो, “सबै आदिवासी संघ संस्था , प्रमुख अतिथि, निंफाका पुर्व अध्यक्षहरु, सहभागि नेपाली समुदायमा सक्रिय जनजाति संघका प्रमुखहरु, प्रतिनिधिहरु तथा पत्रकारलाई जनजातिहरुको ज़ायज़ मुद्दा, निंफाको अभियान र नेपाली समाजको साझा लक्ष्यलाई समर्थन गरेर कार्यक्रमको महत्व र शोभा बढ़ाई दिएकोमा उपस्थित सहभागिहरु लाई हार्दिक धन्यवाद दिन पाउंदा गर्ब लाग्छ। निंफाका क्रियाकलाप सीमित भए पनि सशक्त र प्रभाबकारी रहंदै आएको छ।
यो गतिशील र ऊर्जाशील कार्यसमितिले जनजातिको कला संस्कृति सम्बर्धन गर्न प्रेरणा दिएको छ/ म जनजाति सांस्कृतिक दिवस मनाउन प्रस्ताव गर्छु र सवैको राय सल्लाह को अपेक्षा गर्छु/ निंफाका पुर्व नेतृत्वकर्ता, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, स्वयंसेवक, सहयोगी हात र शुभचिन्तकहरुलाई यस गौरवशाली र विशिष्ट संस्थालाई अहिलेको प्रभावकारी अवस्थामा ल्याउन पुर्याउन खेलेको प्रेरणादायी र अनुकरणीय भुमिका र योगदानको प्रशंसा गर्न पाउनु हाम्रो भाग्य हो। प्रबाशमा नेपाली संस्कृतिको संरक्षण र सम्बर्धनमा र नेपालको आदिवासी जनजाति आन्दोलनमा हाम्रो संस्थाको सदा ऐक्यबद्धता र यथासक्य समर्थन र सहयोग रहने छ।”
प्रमुख अतिथिको आसनबाट आदिवासी जनजाति मञ्च, नेपाल (नेफिन) का उपाध्यक्ष- युवराज जिरेलले भन्यो, “आदिवासी जनजाति को सामाजिक र न्याय हक़ हित को सुनिश्चितता को लागि हामी सब एकजुट, निस्वार्थ, प्रतिबद्ध र ईमानदार भएर हाम्रो अभियानलाई लाई सुखद गन्तव्य तिर निर्देशित गर्नु पर्नेछ । हामी स्पष्ट कार्य योजनाका साथ मुलधारको राजनीतिमा प्रत्यक्ष सहभागि हुनुको विकल्प छैन । शिक्षामा सब आदिवासीको पहुँचको लागि अभियान थाल्न ढिलो गर्न हुन्न । निंफाको गतिविधि अत्यन्त उत्साहजनक छ । यस अभियान लाई जुझारू रूपले, सम्मानित ढंगले र सही गन्तव्य तिर डोर्याउनलाई योगदान दिने संपूर्ण संघ संस्थाहरु र महानुभावहरु धन्यवादका पात्रहरु हुन् ।“
सचिब धर्मेश राजबंशीले सिक्रेटरी रिपोर्ट पेस गरे भने कोषाध्यक्ष
सिम्रिक चौधरीले ट्रेज़रर रिपोर्ट साझा गरे ।
निंफाका संस्थापक अध्यक्ष गणेश तामांगले भन्यो, “संस्थाले आफ्नो त्रुटीलाई सच्याउंदै आदिवासी जनजातिको सर्वोपरि आत्म सम्मान, कल्याण, बिश्वसनियता, सद्भावको जगेर्ना गरेर अघि बढ्नु पर्छ। आपसी मेल मिलाप, समझदारिता, ईमानदारिता, समर्पणको भावना लाई उन्नतस्तर मा लग्नु समयको मांग हो/ हामीले कार्यक्रममा सबैलाई सरोकारको विषयमा धारणा जाहेर गर्न दिनु पर्छ/ भेलाको कार्यबिधिमा सुधार गरेर अघि बढ्नु पर्छ ।
संस्थाका पुर्व अध्यक्ष अरुण तामांगले आफ्नो सुभकामना सन्देशमा भन्यो – नेपालको राजनितिक परिबर्तन को उपलब्धिहरुलाई रक्षा गर्दे आदिवासी जनजातिको हक हित को लागि सबै जनजाति संघ संस्था एकबद्ध भएर अथक रुपले क्रियाशिल भएमा साझा लक्ष्य हासिल गर्न सकिन्छ/ नेपालको जनजाति महासंघ र यहाँका जनजाति संघहरूले आदिवासी जनजातिको निश्चित अधिकारको मुद्दा उठान गर्नु पर्छ/ नेपालको जनजाति महासंघ राजनीतिक पार्टीहरुको गोटी नबनी पारदर्शिताका साथ अधिकारको अभियान जारी गर्नु पर्छ ।“
संस्थाका पुर्व उपाध्यक्ष सल्लाहकार लक्ष्मण गुरुङले भन्यो, “ हामीले संगठित र एकजुट भएर आदिवासी जनजातिको पहिचानको स्थापना, उन्नतशीलता र आत्म-सम्मान लाई निरन्तर उच्च स्थानमा लग्न प्रतिबद्धता जनाउनु पर्छ ।हामीले नेपालको जनजाति महासंघको योजना, कार्यक्रम, गतिविधिलाई आलोचनात्मक रुपले मुल्यांकन गर्नु पर्छ/ नेपालमा महासंघको भवन निर्माण गर्न र अरू सकारात्मक कार्यमा हामी आक्रामक रुपले भौतिक, आर्थिक, नैतिक सहयोग गर्छौं।यस्को लागि नेतृत्व ईमानदार र ज़िम्मेवार हुनु पर्छ। पहिचान आदिवासी जनजातिको आत्मा हो/ यसलाई क़सैलाई खेलबाड़ गर्न छुट छैन । यस्को नाममा निजी स्वार्थ पुरा गर्न दुस्साहस गर्नेलाई हामी ख़बरदारी गर्नेछौं ।”
संस्थाका संस्थापक सचिब पुर्व एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूंगले भन्यो, “हामी आदिवासी जनजातिको नेता, अभियन्ता र पक्षधरहरु आदिवासी जनजातिको जनसंख्या, सामुहिक र साझा मुद्दा, र राजनीतिक चेतनामा बढ़ी केन्द्रित हुनु पर्छ/ हामी हर प्रहर आंदोलनमा छौं/ नेपालमा हिन्दु जातिय ब्यबस्थाको कारणले जातिय विभेद हुँदै आएको हो । जनजातिको जनसंख्या योजनाबद्ध रूपले, नियतका साथ, क़ुटिल रणनीति अख्तियार गरेर घटाएको हो । नेपालमा आदिवासी जनजाति का नेता कार्यकर्ताहरु राजनीतिक रुपले सचेत भएर मूलधारको राजनीतिक पार्टीहरुमा सहभागी हुनु पर्छ/नीति निर्माणको तहमा पुगेर जनजातिको मुद्दालाई प्रभाबकारी रुपमा सम्बोधन गराउन र कार्यान्वयन गर्न लगाउन पर्छ । नाच गान लाई प्राथमिकता दिनुको अलावा हाम्रो चाड पर्वको दायरा फराकिलो पार्न पर्छ ।राजनीतिमा आकर्षण बढ़ाउन र स्वस्थ्य प्रतिस्पर्धा गरेर आदिवासी जनजातिको पहिचानको मुद्दा लाई स्थापित गर्न हामी एकताबद्ध हुनु पर्छ । सफ़ल कार्यक्रम आयोजना गरेकोमा निंफा लाई आभार र आगामी दिनको सफलता र ख्याति को लागि शुभकामना/ “
तमु समाज सिड्नी का अध्यक्ष हिउँपति गुरुङ ले भन्यो, “अस्ट्रेलियामा सक्रिय निंफा ले आफ्नो अभियान कुनै जाति विशेष भन्दा पनि प्रवृत्ति बिरुद्धको लड़ाई हो भन्ने मान्यता स्थापित गर्दे जातिय संघ संस्थाहरू लाई समेटेर अगाडी बढ़ेमा “अनेकतामा एकता” भन्ने निंफाको मुल उद्देश्य प्राप्त गर्न सहज़ हुनेछ । संस्कृति संरक्षण भन्दा पनि आदिवासी जनजातिको मुल अधिकारको विषयमा सचेतता र जनजागरण जगाउनु उत्तम हुने छ ।“
संस्थाको उपाध्यक्ष सीमा सुब्बा तुम्बाहाम्फ़ेले आफ्नो धन्यवाद मन्तव्यमा भनिन्, “ यो कार्यक्रम मार्फ़त समाजका मान्यवर नेतागणहरु र सदस्यहरुले आ- आफ्नो सारगर्भित बिचार अभिब्यक्त गर्रेर हामीलाई धन्य पारे ।संस्था ले पनि यसलाई यस्को कमी कमजोरी केलाएर अभियानलाई मजबुत गर्ने अवसरको रुपमा लिएको छ। हामीले नाबूझेका कुरालाई अरु थप सेशन हरु आयोजना गरेर अघि बढ़्ने छौं।”
कुशल नृत्यांगना रेनुका थापा मगरले नृत्य प्रदर्शन गरेकि थिईन/
कार्यक्रममा निंफाका सल्लाहकार छिरिंग शेर्पा, गुथी अष्ट्रेलियाका पुर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, गुथी अष्ट्रेलियाका बरिष्ठ सदस्य र ख्याति प्राप्त स्वयंसेवक श्याम सैजु, पत्रकार एवं अष्ट्रेलियन नेपाली समाज अष्ट्रेलियाको सबभन्दा पुरानो संस्था “नेपालीज़ अष्ट्रेलियन असोसिएशन” का महासचिव डा. राजु मानन्धर, र नेपाली समाजका गण्यमान्य समाजसेवीहरु आदिको उपस्थिति थियो।             (समाचार सहयोगका निम्ति धन्यवाद डा. राजु मानन्धर , कार्यकारी सम्पादक लुक्ला टिभी )

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑