भक्तपुर / गणेशमान सिंह स्मृति वाटिका भक्तपुरमा २०४६ साल आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको सम्झना गरियो ।
कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्व प्रतिनिधि तथा पूर्व राजदूत जयराज आचार्यले गणेशमान सिंहको बहुआयामिक व्यक्तित्व बारे प्रकाश पार्दै सबै सुबिधा सम्पन्न परिवारमा जन्मेर पनि देशका निम्ति केही गर्नुपर्छ भनी राणाकालको कठिन समयमा जीवन दाउमा राखेर संघर्षमा उत्रेको मात्र नभइ राजाले प्रधानमन्त्री हुन आग्रह गर्दा पनि राइट म्यान राइट पोजिसन भन्ने उहाँको सोछ अनुसार सो पदका निम्ति कृष्ण प्रसाद भट्टराईलाई सिफारिस गर्नु महत्त्वपूर्ण निर्णय रहेको बताए । ” यो उहाँको त्याग मात्र हैन महत्त्वपूर्ण निर्णय पनि हो ” उनले बताए ।
कार्यक्रममा गणेशमान सिंहले उठाएका तथ्यहरुमध्ये उहाँकै मुद्दामा अरु दलले राजनीति गरेर उदय भएका तर्कहरु पनि सहभागीहरुले प्रस्तुत गरेका थिए ।
सर्वमान्य नेता सिंहका पुत्र तथा नेपाली कांग्रेस पार्टीका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह , प्रदेश सभा सदस्य नरोत्तम वैद्य लगायत वक्ताहरुले मन्तव्य राख्नुभएको २०४६ साल जन आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरसंवाद कार्यक्रममा विभिन्न वक्ताहरुले गणेशमान सिंहको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रम गणेशमान सिंह स्मृति बाटिकाका सभापति माथवर सिंह बस्नेतको सभापतित्वमा भएको थियो।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५