• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

गुथि अष्ट्रेलियाद्वारा “द योगिनी” टीम सम्मानित


सुभाय् संवाददाताSeptember 25, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

अष्ट्रेलिया,सिड्नी/ अष्ट्रेलियामा प्रोमो र ब्यानरको फर्ष्ट लूक बिमोचन गरिएको नेपालमण्डलको सम्पदा संस्कृतिमध्ये त्यहाँको बिहार परम्परा बहाबही परम्पराको सुरुवात भएको स्थान मानिएको गुंबहा:( गुंबिहार) बज्रयोगिनी लगायत योगिनीहरुको बारेमा बनाइएको डकुमेन्ट्रीका निर्माता/निर्देशक महर्जन रत्न र उनको टीमलाई सम्मान पत्र सहित सम्मानित गरिएको छ ।
हर्सभिल क्षेत्रमा रहेको लहना रेस्टुरेन्टमा गुथि अष्ट्रेलियाले एक प्रीति भोज आयोजना गरी यसरी “द योगिनी” टीमलाई सम्मान गरेको हो ।
कार्यक्रमममा अष्ट्रेलिया भ्रमणमा रहेका नेवार राष्ट्रिय संगठन नेवा: देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यलाई पनि सम्मान गरिएको थियो ।
गुथि अष्ट्रेलियाका अध्यक्ष उमेश नापितको प्रमुखत्वमा भएको कार्यक्रममा गुथिका सल्लाहकार पद्म शाक्यले गुथिको स्थापनाको औचित्य बारे प्रकाश पार्दै अष्ट्रेलियामा रहेका नेवार समुदायको परम्परा रितिथिति , भाषा संस्कृति संरक्षण गर्ने कार्यमा निरन्तरता दिने र अन्य क्षेत्रमा पनि सक्दो  सहयोग पुर्‍याउने पुर्‍याउने उद्देश्य सहित सक्रिय   युवा समुहले अगाडि बढाइ रहेको र यस अनुरुप विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको बताए । जीवन्त संस्कृति नेवा: सम्पदा संस्कृतिको बारेमा बनाइएको डकुमेन्ट्री “द योगिनी”को यही उद्देश्य अनुरुप “द योगिनी”को र ब्यानरको फर्स्ट लूक बिमोचन गरिएको बताए ।
सल्लाहकार तथा पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले नेवार विज्ञहरु अष्ट्रेलिया भ्रमणमा आउँदा अन्तरक्रिया कार्यक्रम गर्ने र यस्तो अन्तक्रियाले उहाँहरुको योगदानको कदर गर्दै बिचार विमर्श गरी केही नयाँ कुरा सिक्न सक्ने तथा अष्ट्रेलियाबाट उहाँहरुलाई केही नयाँ कुरा पनि जानकारी गराउन सक्ने बताए ।  “द योगिनी” जस्ता डकुमेन्ट्री प्रदर्सनले अष्ट्रेलियामा रहेका नयाँ पुस्ताले नेपालको आफ्ना मौलिक सम्पदा संस्कृति बारे जानकारी पाउने बताए ।
उनले सोहि कार्यक्रममा आफ्नो तर्फबाट देय् दबूको भवन निर्माणको लागि एक लाख नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि गरे । अब भाषा संस्कृति मात्र हैन आर्थिक रुपले कसरी समृद्ध हुन सकिन्छ यसबारे पनि सोच्नुपर्ने समय आएको बताए ।
गुथिले देय् दबूको भवन निर्माणका लागि  दुई लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

गुथि ब्वनेकुथिका संयोजक श्याम सैंजुले भाषा संस्कृतिलाई अष्ट्रेलियामा निरन्तरता दिने कार्यमा गुथि लागिरहेको चर्चा गर्दै भाषा कक्षा , नृत्य कक्षा संचालन भइरहेको बताए । अष्ट्रेलियाको  व्यस्त जीवनका कारण अपेक्षा गरिए अनुसार सहभागिता कम भएपनि यसलाई वृद्धि गर्दै लैजाने योजना अनुरुप गुथि ब्वनेकुथि अगाडि बढिरहेको बताए । उनले सम्पदा संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले  मणिशैल महावदान अनुसार ३३ सय वर्ष पुरानो इतिहास बोकेको स्थल गुंबहाबारे  महर्जन रत्नद्वारा निर्देशित डकुमेन्ट्री “द योगिनी”को प्रोमो र ब्यानरको फर्स्ट लूक बिमोचन  गरिएको र पछि पनि गुथिले सहकार्य गर्दै जाने बताए ।
देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले  नेवा: हकहित भाषा संस्कृति संरक्षण  नेवा: देय् दबूका कार्य योजना र योगदान बारे चर्चा गर्दै आफू यो समय दबूको भवन निर्माण अभियानमा लागिरहेको र यसका निम्ति गुथिबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
चलचित्र तथा टेलिभिजन कार्यक्रमका निर्माता निर्देशक समेत रहेका द योगिनी डकुमेन्ट्रीका निर्देशक महर्जन रत्नले नेपालमण्डलका सम्पदा संस्कृति बारे केही डकुमेन्ट्री गरिसकेको र यसै क्रममा “द योगिनी” डकुमेन्ट्री पनि निर्माण निर्देशन गर्ने कार्य गरेको बताउँदै गुथि अष्ट्रेलियाले यस डकुमेन्ट्रीलाई अष्ट्रेलियामा प्रदर्शन गर्न मार्ग प्रशस्त गरिदिएकोमा धन्यवाद ज्ञापन गरे । उनले योभन्दा अगाडि महेन्द्र श्रेष्ठ अध्यक्ष भएको बेला पनि गुथि अष्ट्रेलियासँग सहकार्य गरी काम गरेको स्मरण गरे ।
कार्यक्रममा गुथिका अध्यक्ष उमेश नापितले गुथिको कार्य योजना अनुसार धेरै कार्य गर्न बाकी रहेपनि सक्दो रूपमा गुथियारहरु सक्रिय भइ कार्य अगाडि बढाइ रहेको र आगामी नेपाल संवत ११४४ नयाँ बर्षको उपलक्ष्यमा विशेष नेवा: भोज सहितको कार्यक्रम रहेको जानकारी गराउँदै नेवा: देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य र डकुमेन्ट्री निर्देशक महर्जन रत्नलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गरे । उनले नेपाल भाषा संस्कृति र डकुमेन्ट्री क्षेत्रमा महर्जन रत्न लगायत उअस क्षेत्रमा लागेका व्यक्तिहरुसँग पछि पनि सहकार्य गर्दै जाने बताए । आफ्ना अग्रजहरुले स्थापना गरेको गुथिलाई उहाँहरुको सपना अनुरुप लिएर अगाडि बढाउने कार्य आफ्नो कार्यकालमा पनि निरंतरता दिने कार्य भइरहेको उनले बताए ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑